पर्वतको जलजलामा नेकपाको चियापान, मुलुक समृद्धिको युगमा प्रवेश गरेको नेताहरुको भनाई, दर्जनौ कार्यकर्ता नेकपामा प्रवेश - News site from Nepal

पर्वत ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाको आयोजनामा नव वर्ष २०७६ सालको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका नेताहरुले मुलुक अब समृद्धिको युगमा प्रवेश गरिसकेको बताएका छन् । तीन तहका निर्वाचनपछि जव नेकपाले दुई तिहाई बहुमत प्राप्त ग¥यो तब नेपालमा विकास निर्माणले फड्को मार्न थालेको नेताहरुले बताए । उनिहरुले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सरकारले भरमज्दुर प्रयास गरेको बताए ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले भोलीसम्म पार्टीका अधिकांस कमिटिहरु टुंगो लाग्ने बताउँदै त्यसपछि झनै गतिशिलताका साथ अघि बढ्ने बताउनुभयो । पार्टी एकताको झण्डै एक वर्षसम्म प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुले पुर्णता नपाउँदा कार्यकर्ताहरुमा केहि निराशा छाएको बताउँदै अब प्रतिक्षाको घडी समाप्त भैसकेकोले सक्रियताका साथ पार्टीका गतिविधि संचालन गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेता हमालले नेकपाकै नेतृत्वमा मुलुकको समृद्धि सम्भव भएको बताउँदै पाँच वर्षभित्र सवै विकास निर्माण र राष्ट्रिय गौरबका योजनाहरु पुरा हुने समेत उल्लेख गर्नुभयो ।


कार्यक्रममा सांसद पदम गिरीले अबको चार वर्ष भित्र पर्वतका सवै मुख्य सडकहरु कालोपत्रे भैसक्ने ठोकुवा गर्नुभयो । उहाँले चुनावमा मत माग्न आउँदा जे जे कुराको प्रतिवद्धता गरेका थियौ ति सवै प्रतिवद्धताहरु पुरा हुने बताउनुभयो । उहाँले सडक, सिंचाई, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा नागरिकहरुले सास्ती खेप्न नपर्ने बताउँदै तीनै तहको सहकार्यमा काम गरिने बताउनुभयो । उहाँले अबको बजेटमा सामाजिक सुरक्षा भत्ता समेत बृद्धि हुने बताउँदै ढुक्क हुन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेल, नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, यज्ञ सुवेदी, जिल्ला संयन्त्र सदस्य गोविन्द पहाडी, दुर्गा दर्जी, शंकर गिरी, लालबहादुर अधिकारी, बाबुराम कार्कि, इश्वर गिरी, सोम जिसी लगायतले बोल्नुभएको थियो ।
नेकपा जलजला गाउँ कमिटिका अध्यक्ष दिपक आचार्यको अध्क्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब टुंगनाथ शर्मा पौडेलले गर्नुभएको थियो ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी झण्डै एक दर्जन नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
विप्लब समुहका जलजला इन्चार्ज गणेश आचार्य, तरुण दल शालिजाका अध्यक्ष कृष्ण पुर्जा लगायत १२ जना युवाहरु नेकपामा प्रवेश गरेकमा हुन् । उनिहरुलाई केन्द्रिय सदस्य गुप्त हमाल, सांसद पदम गिरी लगायतकमा नेताहरुले खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!