पर्वतमा प्रथम मगर महोत्सव, यस्ता छन् आकर्षणहरु - News site from Nepal
पर्वतमा प्रथम मगर महोत्सव, यस्ता छन् आकर्षणहरु

पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवको आज उद्घाटन भएको छ । फागून ७ गते देखी १५ गते सम्म संचालन हूने उक्त महोत्सवको गण्डकी प्रदेशका मूख्य मन्त्री पृथ्वी सूव्वा गुरुङले गरेका हून । उनले देशको विकासको लागि स्थानीय उत्पादनलाई बढवा दिनुपर्नेमा जोड दिएका हुन् । प्रदेशले आर्थिक व्यय भार नबढाएको समेत उनले दाबी गरे । यहाँ केहि राजनीति गर्न खोज्नेहरुले प्रदेशलाई हाउगुजी बनाएको तर प्रदेशले बढी भार हुने गरी कुनै पनि कर लागू नगरेको उनको दाबी छ ।
मुख्यमन्त्री गुरुङले मेला महोत्सव स्थानीय उत्पादनलाई बढवा दिने खालेको हुनुपर्नेमा जोड दिएका हुन् । उनले महोत्सवमा करोडौको कारोबार भयो भन्छन् तर सबै विदेशीले लैजान्छन् त्यसैले महोत्सव भनेको विदेशी सामग्रीको विक्रि गर्ने थलो नभई स्थानीय उत्पादनमा जोड दिने खालको हुनुपर्नेमा उनले जोड दिएका हुन् ।

कार्यक्रममा गुरुङले आर्थिक विकास नै अबको निकास भएको दाबी गरेका छन् । मुख्यमन्त्री गुरुङले संघीयतालाई आर्थिक रुपमा विकास गर्न नसके संघीयताको उपलब्धीले पूर्णता नपाउने दाबी समेत गरे । संघियताले समावेसी विकासको आधार तयार गरेको वताउदै गण्डकी प्रदेशका सवै जातजाती भाषा भासीहरुको संरक्षण र सम्वर्दन गर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पर्वतका सांसद पदम गिरी,समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेल,फलेवास नगरपालिकाका प्रमूख पदमपाणी शर्मा,कूश्मा नगरपालिकाका उप प्रमूख सीता कपले लामिछाने,जलजला गाउंपालिकाका अध्यक्ष यम वहादूर मल्ल रामकृष्ण,मोदि गाउंपालिकाका अध्यक्ष प्रेम प्रसाद पौडेल लगायतले शूभकामना दिएका थिए ।

मगर दिवसको अवसर पारि आयोजना गरिएको महोत्सवमा १ करोडको कारोबार हुने आयोजकले जनाएको छ ।
पुन क्लबका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत निबर्तमान अध्यक्ष जीवन पुनले गरेका थिए ।
महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथै पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता, डान्स आईडल प्रतियोगिता, दोहारी गित प्रतियोगिता, सोरठी नाचप्रतियोगिता एवम् विभिन्न जातजातीका झाँकी प्रदर्शनी एंव स्थानीय खानाका परिकार पाईनुका साथै अन्य प्रतियोगितात्मक कार्यक्रम हुने क्लवका संरक्षक समितिका संयोजक छविलाल पुनले बताए ।

महोत्सवमा करिव १ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । उक्त मेलामा प्रवेश शुल्क ७० रुपैयाँ तोकिएको छ । क्लवले ६० बर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई निशुल्क पूवेश गराईने क्लवले जनाएको छ ।त्यस्तै विद्यार्थीहरुको हकमा भने रु ५० लिने वताईएको छ । महोत्सवमा १ सय ५० वटा स्टलहरु राखिने भएको छ । मेलामा टिकट काट्नेहरुका लागी नगारिकताको फोटोकपि र एक थान पासपोर्ट साईजको फोटो उपलव्ध गराएमा टिकटको साथमा एनसेलको एउटा सिम सगै १०० एम वि डाटा भएको एनसेलको सिम उपलव्ध गराउने आयोजकले जनाएको छ ।
कूश्माको वडागाउं खेलकूदको मैदानमा शूरु भएको उक्त मेला ९ दिन सम्म संचालन हूने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!