पर्वतका सिडीओ ढकालको बठ्याई, कार्यालय प्रमुखको बैठकमै पहिलो पटक प्रगति समिक्षा - News site from Nepal

पर्वत /हरेक जिल्लामा कार्यालय प्रमुखहरुको मासिक रुपमा नियमित बैठक हुने गर्दछ । पर्वतमा पनि हरेक महिनाको ५ गते कार्यालय प्रमुखको बैठक बस्दै आएको छ । यस्ता बैठकहरुमा कार्यलयहरुको कामको समिक्षा र सरकारी निर्देशन, परिपत्रका बारेमा कार्यालय प्रमुखहरुका बिचमा मात्रै बिफ्रीङ्ग हुने कुरा नियमित रुपमा चल्ने गर्दछ ।
तर पर्वत जिल्लामा मंगलबार भएको कार्यालय प्रमुखहरुको बैठक भने फरक हिसाबले सञ्चालन भयो । कार्यालय प्रमुखहरुको बैठकमा जिल्ला स्थित संघ, प्रदेश र स्थानिय तहका कार्यालय प्रमुखहरु मात्रै सहभागी थिएनन नागरिक समाज र सञ्चारकर्मी समेत उपस्थित थिए ।
जिल्ला स्थित सबै कार्यालयहरुको प्रगति र कार्यालयहरुले भोग्ने गरेका समस्याका बारेमा नागरिक समाज र सञ्चारकर्मीका बिचमा समेत जानकारी गराउने उद्देश्यले संयुक्त बैठक राखिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । ‘हामी कार्यालय प्रमुखहरुका बिचमा त मासिक रुपमा अन्तरकृया र छलफल गर्छौ तर नागरिकले पनि यस्ता बैठकबाट जनसरोकारका बिषयमा जानकारी हासिल गर्न सकनु भन्ने उद्देश्य हो’ उनले भने ।
बैठकमा संघीय सरकार अन्र्तगतका मध्य पहाडी लोकमार्ग आयोजना, ग्रामिण पुननिर्माण तथा पुर्नस्थापना आयोजना, जिल्ला आयोजना कार्यान्वयन इकाई, ग्रामिण सडक सञ्जाल सुधार आयोजना लगायतका कार्यालयका प्रगतिका बारेमा कार्यालय प्रमुखहरुले जानकारी गराएका थिए भने गण्डकी प्रदेश मातहतका कृषि ज्ञान केन्द्र, पुर्वाधार बिकास कार्यालय, वन डिभीजन, भू तथा जलाधार ब्यबस्थापन कार्यालय, खानेपानी तथा सरसफाई डिभीजन, जलस्रोत तथा सिंचाई डिभीजन कार्यालय, स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग बिकास समिति लगायतका कार्यालयहरुले प्रगति बिबरण पेश गरेका थिए । कुस्मा लगायत जिल्लाका सात वटै पालिकाका प्रगति बिबरण पनि पेश भएका थिए ।
प्रस्तुतीका क्रममा धेरै कार्यालयहरुको भौतिक प्रगति र पुंजीगत खर्च न्युन देखिएको थियो भने चालु खर्च भने सन्तोषजनक थियो । दोस्रो चौमासिक सकिने समयमा समेत कतिपय कार्यालयको पुंजीगत खर्च १० प्रतिशत समेत नदिएकाले नागरिक समाजका तर्फबाट पुंजीगत खर्च बढाउन, योजनाहरुको खर्च पारदर्शी बनाउन तथा गुणस्तरीय काम गर्न आग्रह पनि गरेका थिए । नियमित अनुगमन, सार्वजनिक महत्वका सुचनाहरुको सहज पहुँचको माग पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!