विद्यालय र विकास निर्माणमा राजनिति नगरौँ ः नेता तिवारी - News site from Nepal
विद्यालय र विकास निर्माणमा राजनिति नगरौँ ः नेता तिवारी

पर्वत– पर्वतको महादेव आधारभूत बिधालय ३० औँ बर्षमा प्रवेश गरेको छ । विस २०४७ सालमा जिल्लाको फलेवास नगरपालिका– ३ शंकरपोखरी नुवारमा स्थापना भएको विद्यालयले आज २९ औँ वाषिर्कोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
उक्त अवसरमा विभिन्न प्रतियोगितामा विजय भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ भने चन्दादाता, सहयोगदाता र जग्गादाता एव बिधालयका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई छात्रवृत्ती वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिवारीले जानकारी दिनुभयो । समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले शिक्षाको विकास नभएसम्म समाज र रास्ट्र बिकास हुने नसक्ने बताउनु भयो । उहाँले शिक्षा र विकास निर्माणमा राजनिति नगर्न सवैलाई आग्रह गर्नुभयो । नेता तिवारीले शिक्षामा सबै पहुँमा पु¥याउन सके मात्र विकास निर्माणले फड्को मार्ने उहाँको भनाई छ ।
फलेवास नगरपालिका मेयर पदका प्रत्यसी उम्मेदवार समेत रहेका तिवारीले फलेवास नगरपालिकाले एकलौटी शासन गरेको बताउनु भयो । उहाँले नगरको बिकास भन्दापनी गुटगट राजनीतिमा नगरप्रमुख केन्द्रित भएको आरोप लगाउनु भयो ।
कार्यक्रममा शंकरपोखरीका वडा अध्यक्ष अर्जुनबहादुर कार्कीले वडाको बिकासमा सबैको साथ र सहयोगको आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेकपा शंकरपोखरीका प्रतिनिधि टंकनाथ रेग्मी, शंकरपोखरीका वडा सदस्य निर्मलाकुमारी शर्मा रेग्मी,जन(सहयोगी माबिका प्रधानध्यापक गणेशबहादुर थापा, नेपाल दलित संघ पर्वतका सभापति याम परियार शिव, नेपाल प्रेस युनियन पर्वतका सचीव साजन परियार, जनसहयोगी माबिका शिक्षक एव स्थानीय भगिरथ च्वाई, टोल बिकास समितिका अध्यक्ष लोकप्रसाद लामगादे, बालज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद तिवारी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक तिवारीले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक ढाकाराम गिरी, शिक्षिका संगिता रिजाल र विद्यार्थी कृतिका पौडेल र कार्यक्रमको संचालन रामकृष्ण लामगादेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!