लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
रुखले किच्दा भारतमा दुई नेपालीको ज्यान गयो, ५ जना घाइते - News site from Nepal
रुखले किच्दा भारतमा दुई नेपालीको ज्यान गयो, ५ जना घाइते

नयाँ दिल्ली — भारतको हिमाचल राज्यमा रुखले किच्दा दुई जना नेपालीको मृत्यु भएको छ ।

हिमाचलको नारकन्दा जिल्लामा विगत दुई दिनदेखि भएको वर्षाले रुख ढलेर घाइते सात जना नेपालीमध्ये २ को मृत्यु भएको हो । उनीहरू सबैजना मजदुरी गर्दै आएका थिए ।

मृत्यु हुनेमा बाँके विनाउना चिलहरियाका सन्तबहादुर पुन मगर र अर्जुन बुढा मगर रहेका छन् । घाइतेहरुमा भीमबहादुर, कृष्ण, रणवीर, रमन, समीर छन्। घाइतेहरु सबै राप्तिसोनारी गाउँपालिका-४ का बासिन्दा हुन् ।

उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनीहरू बस्दै आएको घरमाथि आइतबार बिहान रुख ढलेको थियो। घाइतेहरुलाई तत्कालै सीमलाको इन्दिरा गान्धी मेडिकल कलेज लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!