कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १६ जना बेपत्ता - News site from Nepal

हुम्ला : कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो।
जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाहीसहित १६ जना बेपता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। खार्पुनाथ गाउँपालिका ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे जीप दुर्घटना भएको हो। जीपमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिए।
अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार कार्य भइरहेको छ। तर जीप नदिमा खसेको केही समयपछि कर्णाली नदीले पुरै छोपेकोले कुन ठाउँमा छ भन्ने थाहा नभएको घटनास्थलमा पुगेका पत्रकार राजन रावतले बताए।
सिमकोट विमानस्थलबाट फिस्टेल एयरको हेलिकप्टरबाट घटनास्थलमा सुरक्षा निकाय पुगिसेकका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!