गण्डकी सरकारले पुर्वाधार बिकास कार्यालय पर्वतका प्रमुख अधिकारी सहित २६ कर्मचारीलाई पुरस्कृत गर्दै (नामावली सहित) - News site from Nepal

पोखरा । गण्डकी सरकारले पुर्वाधार बिकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारी सहित २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार अवकाश पाएका प्रमुख सचिव लक्ष्मीराम शर्मालाई प्रशंसापत्रले सम्मान गरिनेछ ।
यसअघि फागुन ४ गते नै कर्मचारी पुरस्कृत गर्ने भनिए पनि कर्मचारी छनोट हुन नसकेका कारण कार्यक्रम स्थगित गरिएको थियो । अहिले कर्मचारी छनोट भए पनि पुरस्कार वितरणको मिति भने तय भएको छैन् । कुनै विशेष पर्व वा चाड पारेर पुरस्कृत गरिने प्रवक्ता बस्नेतको भनाई छ ।
सरकारले ७५, ५० र २५ हजारका दरले २६ कर्मचारी पुरस्कृत गर्ने भएको हो । ७५ हजार नगदसहित पुरस्कृत हुनेमा आन्तरिक मामिला तथा कानून सचिव फणिन्द्रमणि पोखरेल र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टा रहेका छन् ।
सरकारले ११ जना कर्मचारीलाई ५० हजार नगदसहित पुरस्कृत गर्ने भएको छ । उक्त पुरस्कार पाउनेमा अमृत पोखरेल जिल्ला अस्पताल स्याङजाका मेडिकल सुपरिटेन्डेन्ट, गृष्म न्यौपाने कास्की, शिवकुमार सापकोटा तनहुँ, नारायण बराल भौतिक पूर्वाधार विकास मन्त्रालय कास्कीका डीई, दयाराम अधिकारी पर्वत, नारायण कुशुम लमजुङ, नवीन किरण भुषाल सामाजिक विकास मन्त्रालय, विष्णुप्रसाद आचार्य मुख्यमन्त्रीको कार्यालय, बालकृष्ण सुवेदी आर्थिक मामिला, आमोद दाहाल आन्तरिक मामिला, हरिबहादुर धिताल लमजुङ रहेका छन् ।
२५ हजार पाउने कर्मचारीमा दिपक शेरचन खानेपानी तथा सरसफाई डिभिजन, शिव परियार उद्योग मन्त्रालय, श्यामराज जोशी प्रदेश लेखा नियन्त्रक कार्यालय, भरत भुषाल भौतिक पूर्वाधार, मधु बराल प्रदेशसभा सचिवालय, देवीक पाली गोरखा, तिलक शर्मा पौडेल म्याग्दी, अर्जुन गुरुङ मनाङ, चमेली देवकोटा नवलपुर, रमाकान्त ढकाल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित भौतिक पूर्वाधार विकास मन्त्रालयका कार्यालय सहयोगी बाटुली शर्मा र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कार्यालय सहयोगी रमाकुमाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!