युवालाई कृषिमा आकर्षण गर्न ५० करोड अनुदान - News site from Nepal
युवालाई कृषिमा आकर्षण गर्न ५० करोड अनुदान

 काठमाडौं : सरकारले युवालाई कृषिमा आकर्षण गर्न ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ।
कृषि उद्यम गर्ने युवालाई न्यूनतम ५ देखि १० लाख रुपैयाँसम्म अनुदान वितरण गर्न लागेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीबाट फर्किएका र पढेलेखेका युवालाई कृषिमा सहभागी गराउन यस्तो कार्यक्रम ल्याइएको हो भन्न् खबर नागरिक दैनिकमा छ।
युवालाई कृषिमा लाग्न अभिप्रेरित गर्न अनुदान दिन लागिएको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार न्यूनतम पाँच देखि १० लाख रुपैयाँ अनुनाद दने गरी मन्त्रालयले कृषिमा युवा कार्यक्रममार्फत अनुदान वितरण गर्न कार्यविधि तयार परिरहेको छ। परम्परागत कृषि प्रणालीले उत्पादन वृद्धि नहुँदा वार्षिक अबौं रुपैया कृषिजन्उ वस्तु आयात गर्नेपर्ने अवस्था भएपछि सरकारले यस्तो रणनीति बनाएको हो

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!