कञ्चनजङ्घामा दुई पर्वतारोहीको मृत्यु : एक बेपत्ता - News site from Nepal
कञ्चनजङ्घामा दुई पर्वतारोहीको मृत्यु : एक बेपत्ता

ताप्लेजुङ : कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा दुई पर्वतारोहीको मृत्यु भएको छ। बुधबार साँझ कञ्चनजङ्घा आरोहण गरेर फर्किदै गरेका दुई भारतीय आरोहीको मृत्यु भएको हो। 
आरोहण गरेर फर्किर्दै गर्दा भारको कोलकत्ताका विप्लव वैद्य र कुन्तल करारको मृत्यु भएको पीक प्रमोशन प्रालिका अध्यक्ष केशव पौडेलले जानकारी दिए। 
अर्का एक पर्वतारोही भने बेपत्ता छन्। उनीहरु सबै पीक प्रमोशन प्रालिमार्फत् कञ्चनजङ्घा आरोहणका लागि गएका थिए। उनीहरुको पाँच हजार दुई सयभन्दा माथि मृत्यु भएको आरोहणमा गएका नेपालीलाई उद्धृत गर्दै पौडेलले जानकारी दिए।
बुधबार साँझ नै शिखर पुगेको जानकारी दिएका चिलीका पर्वतारोही बेपत्ता भएको पौडेलको भनाइ छ। उद्धारका लागि हेलिकप्टर पठाएको भए पनि घटनास्थलमा पुग्न सकेको छैन। उद्धारका लागि गएको कैलास एयरको हेलिकप्टर फाक्ताङलुङ गाउँपालिका ५ थापेथोकमा बसेको प्रहरीको भनाइ छ। 
गाईड र आरोही गरेर बिहीबार एकसाथ ५० जनाको टोली कञ्चनजङ्घा शिखरमा पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!