
पर्वत/यतिबेला कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्याराको घटना पछिल्लो समय सरकार र नेपाल प्रहरीको सबैभन्दा कम्जोरी देखाउने घटना बनेको छ । अनुसन्धानमा बिश्वमै उत्कृष्ट मानिएको नेपाल प्रहरीले निर्मला पन्तको हत्यारा सम्म कीन पुग्न सकेको छैन भन्ने प्रश्न उठ्ने गर्दछ भने कतै दबाबकै कारण हत्यारा लुकाउने काम त भैरहेको छैन भनेर आशंका समेत हुन्छ ।
धेरै घटनाहरुमा हत्यारा पत्ता लगाउन कठिन हुन्छ भने पत्ता लागेको अभियुक्त समेत दबाब र प्रभाबका आधारमा छुट्ने गरेका छन । गएको असोज २५ गते प्रतिनिधीसभाको बैठकमा पर्वतबाट निर्वाचित साँसद पदम गिरी निर्मला पन्त जस्तै पर्वतकी एउटी युवती चार बर्ष देखि बेपत्ता पारिएको र अभियुक्तहरुलाई प्रहरीले दबाब र प्रभाबमा छाडेको भन्दै घटनाको फेरी अनुसन्धान गर्न माग गरे । साँसद गिरीले संसदमा कुरा उठाएपछि उक्त घटनाको फाइल प्रहरीले फेरी खोलेको छ र अनुसन्धानका क्रममा अभियुक्तहरुका बिरुद्ध मुद्दा दर्ता समेत गरेको छ ।
बिबाह गर्छु भनेर लिएर हिडेकी प्रेमीकालाई बेचबिखन गरेको अभियोगमा भारतीय सेनाका लाहुुरे प्रेमी र उनका साथीको बिरुद्ध प्रहरीले चार बर्षपछि मुद्दा दर्ता गरेको हो । बिबाह गर्छु भनेकाले प्रेमीको बिश्वासमा हिडेकी पर्वतको भंगाराकी सिता क्षेत्रीलाई बेपत्ता बनाएको अभियोगमा पर्वतको थापाठानाका मिलन भन्ने मनबहादुर क्षेत्री र उनका साथी मेकराज श्रेष्ठका बिरुद्ध प्रहरीले चेलीबेटी बेचबिखन तथा ओसारप्रसार कसुरमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले क्षेत्रीका बिरुद्ध मुद्दा दर्ता गरेको जानकारी प्रहरी उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो । ‘हामीले अनुसन्धानका क्रममा क्षेत्रीको भूमिका शंकास्पद भेटेपछि मुद्दा गरेका हौ’ स्याङ्गजाका प्रहरी प्रमुअ लम्सालले भन्नुभयो ‘अभियुक्तलाई भारतबाट इन्टरपोल मार्फत डिर्पोट गरेर ल्याउने र थप अनुसन्धान अगाडी बढाउँछौ ।’ अभियुक्त क्षेत्री भारतीय सेनामा कार्यरत छन । भारतीय सेनाको ३÷४ गोर्खा राइफल्समा कार्यरत मिलन त्यसपछि पल्टनमा हाजिर हुन गएका थिए । उनले अर्को बिबाह गरेको र त्यसपछि नेपाल नफर्केको बताइन्छ ।
पर्वतको फलेबास नगरपालिका वडा नं ९ भंगाराकी सिता क्षेत्रीलाीई २०७१ भदौ १५ गते प्रेमी मनबहादुर क्षेत्रीले बिबाह गर्छु भनेर लगेपछि बेपत्ता भएको परिवारले दाबी गर्दै आएको छ । चार बर्ष सम्म पनि खोजबिन हुन नसेको भन्दै आफन्तले असन्तुष्टि जनाउँदै बेपत्ता केसीको खोजविनमा प्रहरीले कम्जोरी गरेको आरोप लगाउँदै आएका थिए । क्षेत्री बेपत्ता भएपछि प्रतिनिधीसभा बैठकमा भदौमा साँसद पदम गिरीले प्रश्न समेत उठाएका थिए । संसदमा प्रश्न उठाएपछि प्रहरीले पूःन अनुसन्धान शुरु गरेको हो ।
२०७१ भदौ १५ गते बिबाह गर्न प्रेमीले लिएर हिडेकी क्षेत्री त्यसपछि बेपत्ता छन । सिताले आफ्ना प्रेमी पर्वतकै फलेबास नगरपालिका वडा नं २ थापाठाना का मिलन भन्ने मनबहादुर क्षेत्री संग बिबाह गर्न हिडेको पत्र लेखेर छाडेकी थिइन । त्यसयता प्रेमीले भेटेको नै छैन भनेर बयान दिदै आएका छन भने सितालाई भगाउन घरमा मिलन संगै गएका उनका साथी मेकराज श्रेष्ठले सोही दिन दुई जनालाई नै कार्किनेटा र थापाठानाको सिमानामा छाडेको बयान दिएका थिए ।
घरबाट राती लिएर हिडेका प्रेमी मिलनले भारतमा बिक्री गरेको वा हत्या नै गरेको हुन सक्ने आशंका पिडीतका परिवारले गरेका छन । स्याङ्गजा प्रहरीले परिवारका तर्फबाट छोरीलाई बेचबिखन गरेको भन्दै आफन्तले दिएको मानब ओसार प्रसार तथा बेचबिखन सम्बन्धी मुद्दा दर्ता गरेको थिएन । लिएर जाने प्रेमी भारतीय सेनाको जागिरे र उनका साथी मेकराज नेपाली कांग्रेसका केन्द्रिय नेताका आफन्त भएकाले त्यस बखत प्रहरीले अनुसन्धान नगरिदिएको सिताका काका होमबहादुर पौडेल क्षेत्रीले बताए । त्यतिबेला पर्वतमा प्रहरीले अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएका ब्यक्ति समेत स्याङ्गजा प्रहरीले दबाबका भरमा छाडेको आरोप क्षेत्रीले लगाए । त्यसबखत मिलन र मेकराजको परिवारले ठुलो आर्थिक रकम खर्च गरेर अपराधबाट छुटकारा पाएको आशंका पिडीत परिवारको छ । ‘पैसा र दबाबकै भरमा छोरी बेपत्ता बनाउनेहरुलाई प्रहरीले काबार्ही गर्न सकेन’ उनले भने ‘ अब प्रहरीले फेरी मुद्दा दर्ता गरेका कारण मरेको न्याय पाउने आशा फेरी जागेको छ ।’
निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानमा कम्जोरी गर्दा अहिले प्रतिपक्षी कांग्रेसले सँसदमा सरकार असफल भएको, अपराधीको संरक्षण गरेको आरोप लगाइरहेको भन्दै साँसद पदम गिरीले सिता क्षेत्री बेपत्ता भएका बेला नेपाली कांग्रेसका शुसिल कोइराला प्रधानमन्त्री भएकाले कांग्रेसलाई दोष दिन मिल्ने की नमिल्ने भन्ने प्रश्न समेत गरेका थिए ।