नेपाली भाषा शिक्षक परिषद पर्वतको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न - News site from Nepal

पर्वत– नेपाली भाषा शिक्षक परिषद् पर्वत शाखाको आयोजनामा नेपाली भाषा , साहित्य एवम् व्याकरण विषयक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवा स्थित विश्व ज्योति प्राविधिक तथा व्यावसायिक मा विमा कार्यक्रम सम्पन्न भएको हो । सोहि विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मीन बहादुर नेपालीको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा जिल्लाका १७ विद्यालयको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा प्रथम स्थान नमुना आवासीय मा वि कुश्मा, द्वितीय स्थान कालीगण्डकीमा एकेडेमी कुश्मा, तृतीय स्थान आदर्श अङ्ग्रेजी आवासीय मावि कुश्मा र सान्त्वना स्थान राष्ट्रिय बालशिक्षा सदन मावि कुश्माले हात पारेका छन् ।
कार्यक्रममा विश्वज्योती माविका व्यवस्थापन समिति सदस्य बाबुराम पौडेल, कार्यक्रम संयोजक झलक पौडेल , उपाध्यक्ष गोविन्द पौडेल लगायतले मन्तव्य राख्नु भएको थियोे । परिषदका अध्यक्ष आनन्द रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमकोे सञ्चालन सचिव सन्तोष पौडेलले गर्नु भएको थियोे ।
उक्त कार्यक्रमको व्यवस्थापन विश्व ज्योति मा विले र प्रायोजन वि व्य स अध्यक्ष मीन बहादुर नेपालीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!