रवि लामिछानेसहित तीनजना चितवन प्रहरीको हिरासतमा - News site from Nepal
रवि लामिछानेसहित तीनजना चितवन प्रहरीको हिरासतमा

चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका आरोपी टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याइएको छ ।
उनीहरु तीनैजनालाई बिहीवार काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइएको हो । उनीहरुको भरतपुर सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
उनीहरुलाई काठमाण्डौबाट पक्राउ गरी विहीबार मध्यराति चितवन ल्याइपुर्याएको हो । प्रहरीको टोलीले राति साढे १२ बजे भरतपुर अस्पतालमा ल्याई स्वास्थ्य परीक्षणपछि साढे १ बजे जिल्ला प्रहरीमा पु¥याएको थियो । शुक्रवार जिल्ला अदालतमा लगिने चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।  पत्रकार पुडासैनी गत साउन २० गते भरतपुर महानगरपालिका–१ नारायणगढस्थित पोखरा बसपार्कस्थित कंगारु होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए।
उनले आत्महत्या गर्नुपूर्व आफैले आप्mनै मोवाईलमा रेकर्ड गराएको भिडियोका आधारमा अनुसन्धानका लागि रविसहित तीनजनालाई पक्राउ गरिएको हो। उक्त भिडियोमा रवि, युवराज र अस्मिताले अनावश्यक यातना दिने र फसाउन खोजेकाले आफूले संसार त्याग्ने निर्णय लिएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!