पर्वतको खुर्कोटस्थित हिमालय माविका विद्यार्थीलाई मार्ग निर्देशन तालिम - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा सञ्चालित हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मार्ग निर्देशन तालिम प्रदान गरिएको छ । हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालित दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत उक्त विद्यालयको कक्षा ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
मंसिर २३ गतेदेखि २९ गतेसम्म गरी ६ दिन सम्म सञ्चालन गरिएको उक्त तालिम विद्यार्थीहरुको रुची र अन्तरनिहित क्षमताको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्था अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट का बृत्ति सहजकर्ता विष्णु सिलवालले बताइन् ।
तालिममा विद्यार्थीहरुको जागिर र बृत्ति, बृत्तिका ५ सिद्धान्त, खोजिपथ रुची र खुवी लगायतका बारेमा उनीहरुलाई ज्ञान दिइएको उनले बताईन् । विद्यार्थीहरुलाई कामको संसार बैकल्पिक बृत्तिको छनो र बृत्ति तयारी बृत्ति शब्दकोष, बृत्ति सम्बन्धि जानकारी तथा नेपालको शैक्षिक प्रणालीका बारेमा समेत जानकारी गराइएको थियो ।
एसइइ पश्चात् विद्यार्थीहरुले के पढ्ने र के गर्ने जस्ता दुविधात्मक समस्याहरुबाट समाधानको उपाय खोज्न तालिमले सहयोग गर्ने विद्यालयकी मार्ग निर्देशन शिक्षिक कमला रेग्मीले बताइन््् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!