पर्वतको कुश्मामा भोलीदेखि बिराट कोटिहोम महायज्ञ, सम्पुर्ण तयारी पुरा - News site from Nepal

पर्वत / हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वतको पाङलाई बिश्वभर चिनाउन र शिब पार्वतीको विश्वकै अग्लो मुुक्ति बनाउन कुस्मामा महायज्ञ लगाउने तयारी भएको छ । 
जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको रुपमा स्थापित गराउनका लागि जेठ १ देखि ११ गते सम्म बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ लगाउन लगाउन थालिएको हो । 
महायज्ञको सबै तयारी पुरा भएको मुल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । महायज्ञको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम छ ।


हिन्दुहरुका आराध्यदेव भगवान शिब र माता पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ती स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले बताउनुभयो । माता पार्वतीको जन्मभूमी पर्वत पाङ, पाङ र खुर्कोटको संगमस्थलमा रहेको पार्वती गुफा, जाडो समयमा पार्वतीले स्नान गर्ने पाङ सहश्रधारा, गर्मीयाममा स्नान गर्ने माथिल्लो सहस्रधारा जलजला पार्वतीखोला (पातीखोला), खुर्कोटमा अवस्थित भुवनेश्वरी गुफालगायतका धार्मिक स्थलहरुलाई धार्मिक किंबदन्ति अनुसार जोडेर महायज्ञ आयोजना गरिएको शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 
‘सिता जन्मेको जनकपुर जसरी धार्मिक पर्यटनको केन्द्र बनेको छ, पार्वती जन्मेको पर्वतको पाङ्ग अहिले सम्म चर्चामा पनि आउन सकेको छैन’ संयोजक शर्माले भन्नुभयो ‘महायज्ञ पछि पार्वती जन्मेको पाङ्ग र गुप्तेश्वर गुफामा तपस्या गरि महादेबलाई पतिको रुपमा पाएकोले यी स्थल पनि जनकपुर जस्तै चर्चामा पुग्ने बिश्वास लिएका छौ’ हिमालय पर्वतकी छोरी माता पार्वती पर्वतको पाङ्गमा नै जन्मेका धेरै प्रमाणहरु संकलन भैसकेका कारण यसलाई प्रचारप्रसार गरि हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्रको रुपमा बिकास गर्न आवश्यक भएको उहाँको भनाई छ । 
महायज्ञमा बिश्वकै अग्लो शिब पार्वतीको मुक्ति बनाउनका लागि १ सय ५१ जना संस्थापक सदस्य बनाउने लक्ष्य राखिएकोमा अहिले सम्म १ सय ३५ जना भन्दा बढी सदस्य बनि सकेको र तुलादान गर्नका लागि ६ हजार भन्दा बढीले नाम लेखाइ सकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थापक सदस्य बन्न १ लाख रुपैया सहयोग गर्नुपर्छ । यस बाहेक मण्डप, यज्ञस्थल निर्माण, आवास लगायतका सबै तयारी पुरा भएको महासचिब केदारनाथ शर्माले जानकारी दिनुभयो । उक्त स्थानमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न १२ ज्योर्ति्लिङ्गको साथमा विश्वकै अग्लो शिव पार्वतीको मूर्ति स्थापना, गुप्तेश्वर परिसरमा २०८ कोठाको धर्मशालासहित सत्सङ्ग आश्रम र भव्य सिसमहल निर्माण गर्ने मुख्य उद्देश्य समेत राखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!