लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
हेर्नुहोस् ! पर्वतको महाशीलामा बाँदर छोप्न नयाँ प्रविधि, एकैदिन २१ बाँदर नियन्त्रणमा - News site from Nepal

पर्वत– गाउँपालिकाको अध्यक्षमा नेकपाका नेता राजुप्रसाद पौडेल निर्वाचित भएदेखिनै मुलुकमै नमुना र रचनात्मक काम गर्दै आएको पर्वतको महाशीला गाउँपालिकाले बाँदर छोप्न पनि स्थानीय प्रविधिको विकास गरेको छ ।
बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकैदिन दर्जनौको संख्यामा बाँदर छोप्न सकिने बनाएको हो । शुरुमा भारतीय नागरिकहरुलाई बोलाएर बाँदर छोप्दै आएकोमा अब स्थानीय व्यक्तिहरुलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको महाशीला गाएँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उनका अनुसार यो प्रविधि थोरै जनशक्तिबाट पनि बाँदर नियन्त्रणमा लिन सकिने खालको छ । बिहीवार मात्रै २१ वटा बाँदर नियन्त्रणमा लिईएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यस अघि झण्डै साढे तीन सय बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएकोमा फेरी नियन्त्रण गर्न थालिएको हो ।
विहीबार पहिलोपटक शुरुवात गरिएको स्थानीय प्रविधि सफल भएको बाँदर नियन्त्रण तथा स्थानान्तरण समितिका अध्यक्ष सरस्वती अधिकारीले जानकारी दिनुभयो । स्थानीय व्यक्तीहरुबाटै बाँदर नियन्त्रण गर्न सकिने भएपछि अब जतिवेला बाँदरको संख्या बढ्छ त्यतिनैबेला नियन्त्रण गरिहाल्नसकिने अधिकारीले बताउनुभयो ।
बाँदरले बालीनाली सखाप पारेको गुनासो चुलिएपछि महाशीलाले अभियान नै चलाएर बाँदर छोप्न थालेको हो । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म नियन्त्रणमा लिईएका तीन सय ३० वटा बाँदर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएको र फेरी छोपेर खोरमा जम्मा गर्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो ।
गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालु आर्थिक वर्ष ०७५÷०७६ मा रु १५ लाख रुपैया बिनीयोजन गरेको थियो । गाउँपालिकाको उक्त अभियानले स्थानीय कृषकहरुलाई ठुलो राहत मिलेको छ । पालिका अन्तर्गत भोक्सिङ, लुंखु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकोमा अहिले धेरै कम भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!