यस्तो छ पर्वतमा विप्लब माओवादीको बन्दको प्रभाव - News site from Nepal
यस्तो छ पर्वतमा विप्लब माओवादीको बन्दको प्रभाव

पर्वत– नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पर्वतमा पनि विहानैदेखि परेको छ ।
बन्दका कारण बिहानैदेखि बजार क्षेत्रमा चहलपहल कम छ भने सडकमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन चल्न सकेका छैन । सवारी साधन नचल्दा सर्वसाधारण समस्यामा परेका छन् । बन्दका कारण शैक्षिक संस्था, कलकारखाजा, उद्योग व्यावसाय पनि ठप्प बनेका छन् । भने सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको संख्या न्यून रहेको छ ।
बन्दकर्ताहरु नदेखिएपनि पुरै ठप्पजस्तै देखिएको छ । यद्यपी अहिलेसम्म जिल्लामा अप्रिय घटना भने घटेका छैनन । अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था निकै कडा पारिएको पर्वत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!