मनकारी जीवन, पर्वतको फलेवासका डेढ सय विद्यार्थीलाई न्यानो कपडा वितरण - News site from Nepal

पर्वत-  जाडोयाम शुरु भएसँगै पर्वतका एक व्यक्तिले फलेवास नगरपालिका एक सय ४० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका छन् । राजनिति सँगै समाजसेवा गदै आएका पर्वत–काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्याक्ष एवम् फलेवास नगरपालिका–६ देविस्थान निवासी जीवन भुषाल क्षेत्रीले मुडिकुवा अम्बोटमा अवस्थित गहते अम्बोट आधारभुत विद्यालय, चन्द्रनी प्रावि र कालीका सामुदायिक प्राविका एक सय ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । अम्बोट गहते आधारभुत विद्यालयका ७८ जना विद्यार्थी, चन्द्रनी प्राविका २२ जना र कालीका सामुदायिक विद्यालयका ४० जना विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरिएको भुषालले बताए ।
पुसको महिनामा सामान्य कपडा लगाएर आएका विद्यार्थीलाई स्वीटर र टोपी दिएपछि विद्यार्थीहरु खुशी हुँदै प्रफुल्ल भएका थिए । बालबालिकाको शिक्षामा सहयोग गदै आएका क्षेत्रीले पछिल्लो समयमा फलेवासका क्षेत्रका अधिकाँश सामुदायिक विद्यालयमा सहयोग गदै आएका छन् । उनले आर्थिकरूपमा विपन्न बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै नगरभित्र सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गरिने जानकारी दिए ।
उनले गतबर्ष पनि कालिका सामुदायिक विद्यालय र चन्द्रनी प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए । तिनै वटा विद्यालयको आवश्यकता अनुसार न्यानो कपडा वितरण गरेको उनको भनाई छ । सहयोग वितरणका क्रममा भुषालले गहते अम्बोट आधारभूत विद्यालयमा विद्युत जडान गरिदिने र कालिका सामुदायिक विद्यालयका उत्कृष्ठ ३ जना विद्यार्थीको अभिभाकत्व ग्रहण गदै बर्षिक रुपमा लाग्ने खर्च व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रम तिनै वटा विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरिएको हो ।

सो कार्यक्रम नेपाली काँग्रेस महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै क्षेत्रीले विद्यालयको शैक्षिक गुणस्तर बढाउन र विद्यार्थी बढाउने अभियानमा यस्ता कार्यक्रमले सहयोग पुग्ने बताईन । विद्यालयको भौतिक र शैक्षिक विकास नभएसम्म शैक्षिक गुणस्तरमा सुधार हुन नसक्ने उनको भनाई छ । ‘देश विकासको लागि सबैभन्दा पहिला शैक्षिक क्षेत्रको विकास गर्न आवश्यक छ, क्षेत्रीले भनीन् ।
कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी क्षेत्रीले ‘नेपाली कांग्रेसले नेतृत्वमा आएको प्रजातन्त्र र त्यसपछि नेपालमा शिक्षा नीतिकै कारण अहिले नेपाली जनताका छोरा छोरीले विद्यालय गएर पढ्ने अवसर प्राप्त गरेका हुन् । शैक्षिक क्षेत्रको विकास बिना देशको विकास सम्भव नभएकाले स्थानीय तहले पनि शिक्षालाई पहिलो प्र्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको सुझाव छ ।’ क्षेत्रीले सरकारले सडक खन्ने कामलाइ विकास मानेको भन्दै शैक्षिक क्षेत्रको विकासका लागि विशेष योजना बनाउन समेत तिनै तहको सरकारलाई आग्रह गरिन् ।

उक्त कार्यक्रम तिनै वटा विद्यालयमा फरक फरक कार्यक्रम गरि सम्पन्न भएको हो ।
गहते अम्बोट आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुवँरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगर समितिका सभापति हिरामणि सापकोटा, सहयोगदाता जिवन क्षेत्री, जनप्रिय प्रशासन क्याम्पस काठमाडौँका स्ववियु सभापति पंकज क्षेत्री, विद्यालयका प्रधानाध्यापक ओमकार पौडेल, विद्यार्थी दिप्सन पौडेल, प्रशंसा तिवारी र संगम भट्ट लगायतले मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रमको संचालन शिक्षक मोती च्वाईले गर्नुभएको थियो । यता चन्द्रनी प्राविमा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष देवी रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै कालीका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राधा कुमारी कुवँर क्षेत्री, जिवन भुषाल क्षेत्री, नेपाल दलित संघ पर्वतका सभापति याम परियार ‘शिव’, नेपाल शिक्षक संघ फलेवास नगर समितिका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, नेपाल तरुण दल फलेवास नगरसमितिका सभापति दिनेश लामिछाने, नेपाल प्रेश युनियन पर्वतका उपाध्याक्ष ठाकुर रसाईली, नेपाल विद्यार्थी संघ नारायण मावि कुश्माका ईकाई सभापति दामोदर रेग्मी, नेपाली काँग्रेस देविस्थानका सचिव कृष्णप्रसाद भुषाल,विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष शिवकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य विद्यालयका प्रधानाध्यापक प्रेमकला शर्मा र कार्यक्रमको संचालन संचारकर्मी साजन परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!