नेपालीमा थपियो ९० हजार नयाँ शब्द - News site from Nepal
नेपालीमा थपियो ९० हजार नयाँ शब्द

काठमाडौं : तपाई लास्सो भन्नुस् या फ्याफुल्ला। सेवारो गर्नुस् कि ज्वज्वलपा। सबैको नेपाली अर्थ हुन्छ–अभिवादन वा नमस्ते। अर्थ मात्र हैन, अब यी शब्न नै नेपाली भइसकेका छन्।
विगत चार दशकमा नेपाली भाषामा झन्डै ९० हजार आगन्तुक, स्थानीय र अन्य शब्द आएको समाचार कान्तिपुर दैनिकमा छ। विज्ञहरुका अनुसार नेपालीकै विभिन्न भाषिक र नेपालभित्र बोलिने थारु, मैथिली, तामाङ, नेपाल (नेवार), राई, लिम्बुलगायत राष्ट्रिय भाषाबाट पनि नेपाली साहित्यमा शब्द मिसिन आइपुगेका हुन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति गंगाप्रसाद उप्रेतीका अनुसार प्रतिष्ठानको बृहत् नेपाली शब्दकोशमा अहिले ६० हजार शब्द छन्। त्यसमा अब ९० हजार शब्द थप्ने तयारी छ। करिब ५० हजार नयाँ शब्द संकलन भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!