लामिछाने बन्धु समाज पर्वतको पाँचौ अधिवेशन, अध्यक्षमा हरिओम - News site from Nepal
लामिछाने बन्धु समाज पर्वतको पाँचौ अधिवेशन, अध्यक्षमा हरिओम

पर्वत–पर्वतका विभिन्न क्षेत्रमा बसोबास गर्ने लामिछाने बन्धुहरुको पाँच जिल्ला भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले आफ्नो गोत्र र वंशावलीको संरक्षण गर्नका लागि जुनसुकै समुदाय, जाती र थरका नागरिकहरु संगठित हुनुपर्ने बताउनुभयो । उहाँले इतिहास भनेको सवैको एउटा अमुल्य सम्पत्ति भएको बताउँदै यो सम्पत्तिको संरक्षणका लागि लामिछाने बन्ध समाज सक्रिय रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा लामिछाने बन्धु समाजका केन्द्रिय अध्यक्ष महेश लामिछाने, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, केन्द्रिय बरिष्ठ उपाध्यक्ष भोलानाथ लामिछाने, केन्द्रिय सचिब सनकराज लामिछाने, सहसचिब लक्ष्मी लामिछाने, केन्द्रीय सदस्य लालकृष्ण लामिछाने लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पत्रकार प्रशान्त लामिछाने, सुवास लामिछाने, कोष नियन्त्रक रामशर्मा लामिछाने, कुश्मा अस्पतालका डाक्टर राजन लामिछाने, शेषकान्त लामिछाने, इन्जिनियर संजय लामिछानेलाई सम्मान समेत गरिएको थियो ।
कार्यवाहक अध्यक्ष इन्द्रप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नारायण लामिछाने र संचालन सचिब कुलप्रसाद लामिछानेले गर्नुभएको थियो ।
अधिवेशनले हरिओम शर्मा लामिछानेको अध्यक्षतामा १५ सदस्यीय जिल्ल कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेम लामिछाने जैसी, सचिबमा कुलप्रसाद लामिछाने, सहसचिबमा सकुन्तला लामिछाने र कोषाध्यक्षमा कुलप्रसाद लामिछाने मुडिकुवा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!