दीपक मनाङे बने गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समिति सदस्य - News site from Nepal
दीपक मनाङे बने गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समिति सदस्य

पोखरा : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे अर्थ तथा विकास समितिको सदस्य नियुक्त भएका छन। मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)लाई गण्डकी प्रदेशसभाले अर्थ तथा विकास समितिको सदस्य नियुक्त गरेको हो।
१३ सदयस्यीय समितिमा एक सदस्य खाली रहेको थियो जसमा मनाङेलाई नियुक्ति गरिएको सभामुख नेत्रनाथ अधिकारीले थाहा खबरलाई जानकारी दिए। ‘खाली रहेको पदपूर्ति गरेका हौँ,’ सभामुख अधिकारीले भने, ‘अब समितिले पूर्णता पाएको छ।’ उक्त समितिले विकास निर्माणको कामको अनुगमन र सरकारलाई निर्देशन दिने काम गर्छ।
विकास समितिको सभापति भने दिपक कोइराला रहेका छन। मनाङे निर्वाचित भएको झन्डै एक वर्षपछि प्रदेशसभा छिरेका थिए। विगतको मुद्दाका कारण उनले ढिलो गरी प्रदेशसभा सदस्यको शपथ लिएका थिए। गत मंसिरमा निर्वाचित भए पनि उनले केही पहिले मात्रै प्रदेशसभा सदस्यको शपथ ग्रहण गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!