नेपाल राष्ट्रिय शिक्षक सङगठन पर्बतको १७ औ जिल्ला परिषद सम्पन्न - News site from Nepal

पर्वत–नेपाल राष्ट्रिय शिक्षक सङगठन पर्बतको १७ औ जिल्ला परिषद बुधवार सदरमुकम कुश्माबजारमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै संगठनका केन्द्रिय सदस्य शाद्दरदा शर्माले सङगठन प्रती माया र बिस्वास गर्ने शिक्षकहरुले सङठगनका हरेक कार्यहरुमा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आम शिक्षकहरुको हक हितको रक्षाका निम्ति संगठन लागिपरेको बताउँदै शिक्षा क्षेत्रको सुधारको लागि राज्यका हरेक सकारात्मक काममा सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले हालसम्म शिक्षकका समस्या सङ्गठनले समाधान गर्दै आएको बताउँदै भोलिका दिनमा पनि सङ्गठनले गर्ने काम गर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा बिकास एबम् समन्वय इकाइ पर्वतका प्रमुख उद्दिमराज पौडेल, नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी प्रदेश कमिटि सदस्य देबेन्द्र पाण्डे, जिल्ला नेताहरु भक्त कुँवर, गोबिन्द पहाडी लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
संगठनका जिल्ला अध्यक्ष चिरञ्जीवि अधिकारकिो अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांगठनिक प्रतिबेदन सचिब सुरेन्द्र शर्मा गौतम र आर्थिक प्रतिबेदन कोषाध्यक्ष आनन्द शर्माले पेश गर्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिब सुरेन्द्र शर्मा गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!