पर्वतको ऐतिहाशिक खौलाकोट जाने पदमार्ग निर्माण शुरु - News site from Nepal
पर्वतको ऐतिहाशिक खौलाकोट जाने पदमार्ग निर्माण शुरु

पर्वत–पर्बतको कुश्मा नगरपालिका १३ खौलालाकुरी मा अबस्थित खौला भुमेकोटमा रेलिङ सहितको सिढी मार्ग निर्माण शुरू भएको छ ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट बिनियोजित ७ लाख रकमबाट उक्त मार्ग निर्माण शुरू गरिएको हो । उक्त मार्गको सोमबार कुश्मा नगरपालिका १३ का वडा अध्यक्ष जङ्गबहादुर क्षेत्री ले शिलान्यास गरेका हुन् । कोटसम्म जानका लागि १ सय ५० मिटर बाटो निर्माण शुरू गरिएको र असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने कोट ब्यबस्थापन समितिका अध्यक्ष खड्क बहादुर क्षत्री ले जानकारी दिए ।
निर्माण कार्य समयमा सम्पन्न गर्नका लागि स्थानीय समाजसेवी तेजबहादुर कार्की ईन्द्र प्रसाद पौडेल लगायतलाई रेखदेखको जिम्मा दिएको अध्यक्ष क्षेत्री ले जानकारी दिए । खौला भुमेकोट पर्बतका ऐतिहासिक धार्मिक स्थल मध्ये एक हो । यहाँ विशेष गरि महानवमी, बिजयादशमी चैते दशैमा पुजा तथा मेला लाग्ने गरेको छ । पर्बतका कुश्मा मोदी, स्याङ्जाको अर्जुनचौपारी गाउपालिकाबाट पुजा अर्चना गर्न आउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!