
पर्वत– गण्डकी प्रदेश सरकार अन्र्तगत सडक निर्माणको पहिलो योजना बजेट अभाब हुँदा अलपत्र पर्ने अवस्थामा पुगेको छ ।
पर्वतको सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी दिब्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नती गर्ने काम धमामधम भैरहेपनि बजेट अभाबमा काम रोकिने अवस्था आएको हो ।
पुर्वाधार बिकास कार्यालय पर्वतका अनुसार प्रदेश सरकारबाट शुरुमा बिनियोजन भएको ५० लाख बजेटको काम एक महिना पहिले नै सकिएको छ भने थप बजेट ५० लाख बिनियोजन हुने आश्वासन पाएका कारण त्यसको पनि काम भैरहेको छ । पहिलोपटक बिनीयोजन भएको ५० लाखले केहि काम भएको र पछिल्लो पटक बिनीयोजित थप ५० लाख रुपैयाले अहिले ढकाल गर्ने र कालोपत्रेका लागि संरचनाहरु तयार गर्ने काम भैरहेको कार्यालय प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो । करिब १ हजार २ सय मिटर लामो सडक पुरा गर्न ३ करोड ७५ लाख रुपैंया आवश्यक छ । ‘अब २ करोड ५० लाख बजेट भएमा सडकमा ढलान र कालोपत्रे गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘थप बजेट निकासा हुने आश्वासन पाएमा काम निरन्तर गर्दै योजना पुरा हुन्छ ।’
ट्रयाक खुलेर पनि लामो समयदेखि अलपत्र बनेको उक्त सडकमा दुई÷दुई पटक बजेट बिनीयोजन भएको र उपभोक्ता समितिको निरन्तरको सक्रियतापछि अहिले चक्ल्याउने र नाली निर्माण गर्ने, आवश्यक ठाउँमा वाल लगाउने, ढलान गर्ने र कालोपत्रेको काम सम्पन्न हुन थालेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मेघनाथ सुवेदीले जानकारी दिनुभयो । सडकको अनुगमन गर्न आइतबार पुग्नुभएका अघि गण्डकी प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल संग थप बजेट निकासा गर्न पहल गरिदिन उहाँले आग्रह पनि गर्नुभयो । ‘गण्डकी प्रदेश सरकारको सडक तर्फको नमुना र पहिलो योजना भएकाले यसमा बजेट अभाबमा काम रोकिने अवस्था आउन दिनुहुँदैन’ उहाँले भन्नुभयो ‘मन्त्रीज्यूबाट आश्वासन भएमा काम सम्पन्न गर्न सक्छौ’
सडक निरीक्षण गर्दै मन्त्री लम्सालले सडकका लागि थप बजेट बिनियोजन गर्न पहल गर्ने आश्वासन दिनुभयो । प्रदेश सरकारले दोस्रो चौमासिकपछि खर्च हुन नसकेको बजेट काम भैरहेका योजनामा थप गरिदिने सोच बनाएकाले मोदीबेणी जोड्ने सडकमा पनि त्यसै अनुसार बजेट आउँछ भन्नुभयो । ‘बजेट अभाबमा सडकको काम अलपत्र पर्ने अवस्था आउन नदिने बिषयमा हामी सचेत छौ’ उहाँले भन्नुभयो ‘यसका लागि मेरो ठाउँमा सकारात्मक पहल गर्छु’
यो सडक संगै मोदीखोलामा निर्माणाधिन मोटरेबल पुल सम्पन्न भएपछि पर्वतको फलेवास नगरपालिका लगायत दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम आउजाउका लागि झण्डै डेढ घण्टा बाटो छोटिने छ । सडक र पुल समयमा सम्पन्न गर्न जनप्रतिनिधी र राजनैतिक क्षेत्रबाट निरन्तर पहल भैरहेको छ ।