पर्वत– नेपाल अडिटर्स एसोसिएसन (अडान) जिल्ला समिति पर्वतले स्थापना दिवस तथा स्वागत सम्मान सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
१४ औं अडान डे अर्थात् स्थापना दिवसका सन्दर्भमा साविक धौलागिरीका तीन जिल्लामा क्रियाशील तथा अडानमा आवद्ध लेखापरीक्षकहरुको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको हो । अडान नेपालका केन्द्रीय सदस्य चन्द बहादुर सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बाग्लुङ , पर्वत र म्यादीका लेखापरीक्षकहरुले लेखापरीक्षणका विषयमा परेका समस्या , वर्तमान अवस्था र चुनौतीका सन्दर्भमा विचार आदान प्रदान गरेका थिए ।
कार्यक्रममा अडान गण्डकी प्रदेशका अध्यक्ष केस बहादुर केसी , उपाध्यक्ष नारायण प्रसाद शर्मा , प्रदेश सदस्य भोलानाथ शर्मा, अडान बाग्लुङका अध्यक्ष रमाकान्त शर्मा, म्याग्दीका नारायण सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो । यसैबीच हालै सम्पन्न भएको अडान गण्डकी प्रदेशको निर्वाचनबाट निर्वा्चित अध्यक्ष ,उपाध्यक्ष लगायतका अन्य पदाधिकारीहरुलाई वधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
अडान पर्वतका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हेमराज लामिछानेले गर्नुभएको थियो ।






