पर्वतमा यो वर्ष १५ मेट्रिक टन कफी उत्पादन - News site from Nepal
पर्वतमा यो वर्ष १५ मेट्रिक टन कफी उत्पादन

पर्वत । पर्वतमा यो वर्ष १५ मेट्रिकटन कफी उत्पादन भएको छ । गत वर्षको तुलनामा उत्पादन घटेको छ । 
हिउँदको समयमा बेलाबेलामा आएको मौसमको खराबीका कारण उत्पादन घटेको कफी व्यवसायी संघ पर्वतले जनाएको छ । गत वर्ष करिब २० टन उत्पादन भएको थियो । 
यो वर्ष गत वर्षको तुलनामा पाँच मेट्रिक टन कम उत्पादन हुँदा व्यवसायीलाई पाँच लाख ६० हजार घाटा भएको छ । 
कफीको गेडा पुष्टिने बेला पुष अन्तिम सातादेखि फागुन दोस्रो हप्तासम्म असिना पानी र चिसो मौसम भएपछि पुष्टिन नपाएर उत्पादन कम भएको हो । करिब एक टन बोटबाट झरेर खेर गएको पनि संघले जनाएको छ । 
यो वर्ष जिल्लाभरिको संकलन गर्दा १ करोड २० लाख रुपैयाँ बराबरको तयारी कफी उत्पादन भएको संघका अध्यक्ष भवानीप्रसाद शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!