मधेशमा नेकपाको पहिलो आमसभा आज : गरुडामा यस्ताे छ तयारी - News site from Nepal
मधेशमा नेकपाको पहिलो आमसभा आज : गरुडामा यस्ताे छ तयारी

रौतहट : संघीय संसद र प्रदेशसभाको निर्वाचन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनपछि सत्ताधारी दलको तराई मधेशमा हुन लागेका पहिलो आमसभाको तयारी पूरा भएको छ। सदरमुकाम गौरबाट १५ किलोमटर उत्तर र पूर्वपश्चिम राजमार्गको करिब २५ किमि दक्षिणमा  पर्ने  गरुडामा शनिबार आमसभा हुन लागेको हो। 
दिउँसो १२ बजे शुरु हुने आमसभामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेशस्तरका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। पार्टीका दुवै अध्यक्ष आउने भएका कारण आमसभा स्थलमा सुरक्षाव्यवस्था कडा पारिएको आमसभा आयोजक नेकपा प्रदेश २ कमिटीका अध्यक्ष प्रभु साहले जानकारी दिए। सहभागीलाई बस्नसमेत राम्रो व्यवस्था गरिएको उनले बताए।
जिल्लाका अलावा काठमाडौंबाट पनि ठूलो संख्यामा सुरक्षाकर्मी यहाँ तैनाथ गरिएको छ। सुरक्षाका लागि रुखमा सीसी क्यामेरा जडान गरिएको छ। सरकारलाई दिएको समर्थन हालै फिर्ता लिएको राजपाले विरोध गर्नसक्ने भन्दै सचेतता अपनाइएको छ। मधेशमा विद्रोहरत सीके राउत सहमतिमा आएकाले जनसहभागिता बढ्नसक्ने अनुमान गरिएको अध्यक्ष साहले बताए। आमसभालाई लक्ष्य गर्दै ट्राफिक व्यवस्था चुस्त बनाइएको उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!