पर्वत–पर्वतको जलजला गाउँपालिका वडा नं. ६ शालिजामा नेपाल कम्युनिस्ट पार्टी पर्वतका जिल्ला सल्लाहकार वालकृष्ण भुसाल ‘दयालु’को मृत्यु भएको १३ औँ दिनका पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
भदौ १० गतेका दिन असामायिक निधन भएका भुसालको स्मृतिमा नेकपा जलजला गाउँपालिका वडा नं. ६ शालिजाको आयोजना श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले भुसालको निधनले नेकपालाई अपुरणिय क्षति पुगेको बताउनुभयो । उहाँले भुसालजस्ता पुराना र कर्मठ कार्यकर्ताहरुको सक्रियताले अहिले नेकपा मुलुककै ठुलो दल बनेको बताउँदै उहाँहरुको सपना पुरा गर्नका लागि पार्टी सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिब सुदिप कुँवर, प्रदेश कमिटि सदस्य यज्ञ सुवेदी, जिल्ला कार्यलय सदस्य भक्त कुँवर, गोविन्द पहाडी, नेकपा जलजला गाउँकमिटिका अध्यक्ष दिपक आचार्य, नेताहरु उदय सुवेदी, टुगनाथ आचार्य, विजय प्रकाश सापकोटा, ठगराज जैसि, लगायतले उहाँको योगदानको चर्चा गर्नुभएको थियो । वडा कमिटिका संयोजक अबिर खोर्जाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गौरीश्वर पौडेलले गर्नुभएको थियो । भुसालको ६५ वर्षको उमेरमा निधन भएको हो ।






