पर्वत– दक्षिण पर्वतको पैयँु गाउपालिका स्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का नेता ओपि सेनकी माता खडक कुमारी सेन स्वर्गारोहण भएको तेह्रौ दिनको पुण्य तिथिमा शुक्रवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
श्रद्धाञ्जली सभामा बोल्दै नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमालले पार्टीको सेल्टरदाता खडककुमारीको निधनले सिंगो नेकपामा अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले स्वर्गिय खडक कुमारी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो । उहाँले शोकलाई शक्तिमा बदलेर समृद्धिको पक्षमा लाग्न आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपाका केन्द्रिय सदस्य तथा कास्कीका इन्चार्ज राजकाजी गुरुङ, नेकपा पर्वतका जिल्ला सचिब सुदिप कुँवर, नेता जयनारायण तिवारी, उमाकान्त भुर्तेल लगायतले बोल्नुभएको थियो ।
नेकपा पैंयुका पार्टी अध्यक्ष चोकलाल न्यौपानेको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिब रेशम सापकोटाले गर्नुभएको थियो ।






