कुश्मामा यसरी मनाईयो महिला दिवस, सोच, सहभागिता र व्यवहार सुधार्नुपर्नेमा जोड - News site from Nepal

पर्वत÷ १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कुश्मा नगरपालिकाको आयोजनामा वृहत ¥याली र अन्तरक्रिया सम्पन्न भएको छ । कुश्मा नगरपालिकाका १४ वटै वडाका महिला तथा आमा समुहकको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रियामा बोल्ने बक्ताहरुले महिला हिँशा बढेको तथा बालिका बलत्कार जस्ता जघन्य अपराधमा संलग्नलाई कडा काबार्ही गर्न माग गरे । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य ललितकला गुरुङले सरकारमा महिलाहरुको प्रतिनिधित्व गराए पनि संघिय सरकारले कानुनको व्यवस्था नगर्दा समस्या भैरहेको उल्लेख गर्नुभयो । प्रदेश सरकार कानुन बनाउने चरणमा रहेको उल्लेख गर्दै संसद गुरुङले आगामी वर्ष देखी महिलाका घरआगन देखी सार्वजनीक रुपमा देखीएका समस्या समाधान हुने दावी गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेलले कानुनको सही पालना नहुँदा र परिवारबाटै नारीहरुलाई हेलाको व्यवहार गरीनु पनि हिंसाको प्रमुख कारण रहेको उहाँको भनाई छ । कार्यक्रममा नगरपालिका वडा नं। ११ का वडाध्यक्ष शिव पौडेल, वडा न ४ का अध्यक्ष मिना कर्माचार्य, ५ का अध्यक्ष चित्रकला भारती ७ का अध्यक्ष सुवासचन्द्र पौडेल र शंकर गिरी इन्दिरा शर्मा, कमला पन्त, पत्रकार माया अधिकारी लगायत नगर महिला संजालका पदाधिकारीहरुले पनि बोल्नुभएको थियो ।
कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफले लामीछानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन मञ्जु शिलाकार र संचालन डिलकुमारी शर्माले गर्नुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!