पर्वतको ठुलीपोखरीमा नेकपाको सपथ ग्रहण सम्पन्न, मुलुक समाजवादतर्फ अघि बढ्यो ः हमाल - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा नेकपा वडा कमिटिको प्रथम पुर्ण वैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ । दुई पार्टी एकता भएपछिको पुर्ण वैठक तथा सपथ ग्रहण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पर्वतका इन्चार्ज गुप्त हमालले सपथ ग्रहण गराउनुभएको थियो ।
सो अवसरमा बोल्दै हमालले मुलुक अहिले आर्थिक समृद्धि हुँदै समाजवादको दिशातर्फ उन्मुख भएको बताउनुभयो । उहाँले स्थायी सरकार आएसँगै राजनीतिक लडाई सकिएको बताउँदै अब सवैका ध्यान समृद्धितर्फ लाग्नुपर्ने बताउनुभयो । खाली विकास निर्माणले मात्र मुलुकको समृद्धि नहुने बताउँदै हमालले अब उत्पादनमुलक कार्यमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
}जवसम्म व्यक्ति धनि हुन सक्दैन, तबसम्म मुलुकको समृद्धि पनि नहुने बताउँदै कृषि, उद्योग, पर्यटन, जडिवुटीजस्ता उद्यमहरुमा लाग्न उहाँले आग्रह गर्नुभयो । प्रतिव्यक्ति आय बढेपछि मात्र मुलुक स्वतः समृद्धिको दिशामा जाने उहाँको भनाई थियो । उहाँले मुलुकको विकास र समृद्धिका लागिनै दुई ठुला दल मिलेर नेकपा बनेको बताउँदै सोहि दिशातर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा पर्वतका सचिब सुदिप कुँवरले संगठन मजवुत बनाउनका लागि सक्रिय रहन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । एकताका बेला सवैलाई जिम्मेवारी दिन नसकिने बताउँदै पार्टीको इमान्दार र सक्रिय कार्यकर्ताहरुको उचित मुल्यांकन हुने बताउनुभयो । उहाँले सरकारले गरेका कामहरुको तल्लो तहसम्म पु¥याउँन आग्रह गर्दै गाउँका भित्रिएको बजेट र बिकास निर्माणका कामहरुमा निगरानी बढाउन आग्रह गर्नुभयो । नेता कुँवरले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता अनुशासित, जिम्मेवार र पार्टीका नीति र विधि अनुसार चल्नुपर्ने बताउँदै गाउँ कमिटिलाई सभ्य बनाउन र सवैका भावना समेट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका पूर्व केन्द्रीय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, प्रदेश कमिटि सदस्य केशव कुँवर सिर्जनशिल, मेघनाथ सुवेदी, प्रदेश कमिटि सदस्य तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, जिल्ला कार्यालय सदस्य भक्त कुँवर, गोविन्द पहाडी, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य तोयानाथ चालिसे, नगर कमिटि अध्यक्ष शंकर गिरी, ठुलीपोखरीका वडा अध्यक्ष राजेन्द्र पौडेल, युवा नेता किशोर सापकोटा, नगर सदस्य भगवती शर्मा लगायतले बोल्नुभएको थियो ।
नवगठित नेकपा वडा कमिटिका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत रुद्र केसी र संचालन वडा सचिब मनबहादुर केसी विष्णुले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!