काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार आउँदै छन्।
उनलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उनको शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा उच्चस्तरीय सरकारी निकाय तथा परराष्ट्र मन्त्रालय जुटेको छ। ‘हाम्रोतर्फबाट हुने सबै तयारी पूरा भएको छ’, मन्त्रालयस्थित द्विपक्षीय सम्बन्ध हेर्ने सहसचिव कालीप्रसाद पोखरेलले भने, ‘नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिन यो भ्रमण सफल हुने आशा राखेका छौँ।’
उनका अनुसार सोमबार हुने परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ। पहिले दुई देशबीच के के सम्झौता भए र अब कसरी अघि बढ्ने भन्ने मामिलामा गहन छलफल हुने छ। मन्त्रालयको तयारी शनिबार अबेरसम्म पनि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा चलेको उनका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिए। मन्त्री ज्ञवालीले शनिबार नेपालको आर्थिक विकाससँग चीनसँगको साझेदारीमा सोमबारको द्विपक्षीय छलफल केन्द्रित हुने प्रतिक्रिया दिए।
नेपाल–चीनका समग्र पक्षमा हुने छलफलमा विगतका सम्झौताका प्रगति तथा त्यसको कार्यान्वयनका विषयमा अनुभव साटासाट हुने जनाइएको छ।