पर्वत–मेलमिलाप हाम्रो समस्या हाम्रै समाधान भन्न्े नारा सगैँ पर्वतको फलेवासमा मेलमिलाप सम्बन्धि आधारभुत तालिम संचालन गरिएको छ ।
गाउँघरमा देखीने समस्या र विवाद हरुलाई मेलमिलापको माध्यमवाट कसरि समाधान गर्ने भन्ने विषयमा जानकारी गराउने उदेश्यले नगरपालिका भित्रका सवै वडाका वडा अध्यक्ष सहित मेलमिलाप कर्ता हरुको लागि उक्त तालिम संचालन गरिएको हो ।
तालिम उद्धघाटनको अवसरमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेलले ८ दिन सम्म संचालन हुने यस तालिमले सहिरुपमा न्याय सम्पादन गर्ने बातावरण निमार्ण गर्ने बताउनु भयो । समाजमा देखिएको विवादलाई सम्बन्धीत दुवै पक्षको जित हुने तथा आपसि मनमुटाव अन्त्य गर्ने गरि मेलमिलाप गराउने बातावरण सृजना गर्न यो तालिम महत्वपुर्ण हुने उहाँको भनाई रहेको थियो । गाउँघरमा देखिने साना साना समस्याहरुको समाधानको लागि पनि अदालति प्रक्रियामा जादा नागरिकले दुःख पाईरहेको भन्दै उहाँले अव त्यो अवस्थाको अन्त्य हुने दावि गर्नु भयो ।
त्यस्तै कार्यक्रममा न्यायिक समितका संयोजक तथा फलेवास नगरपालिका का उपमेयर मञ्जु अधिकारीले नगरपालिका भित्र घट्ने घटना तथा समस्यालाई सहितरिका वाट समाधान गर्न यो तालिम सञ्चालन गरिएको बताउनु भयो ।
त्यस्तै उहाँले अफुहरुको चाहना र लक्ष नगरबासि कुनै पनि नागरिक अन्यायमा नपरुन तथा न्यायको पहुँच भन्दा टाढा नहुन भन्ने रहेको बताउदैँ सवै नागरिकलाई समान ढङगावाट न्यायीक सेवा प्रदान गर्ने बताउनु भयो ।
अन्यायमा परेर पनि न्यायको पहुँच भन्दा टाढा रहेका नगरिकहरुलाई सहज वातावरणमा न्याय दिलाउन तथा मेलमिलाप गराउन यो तालिमले मद्दत मु¥याउने अधिकारीको भनाई थियो । नगरभित्र रहेका सवै नागररिकहरुलाई न्यायको क्षेत्रमा समान किसीमको व्यवहार गरिने बताउनु भयो । त्यस्तै उपप्रमुख अधिकारीले समाजमा आईपर्ने समस्यालाई कुनै जात, धर्म र राजनिति नहेरि कुनै पनी दवाव र प्रभावमा नपरि सहि न्याय सम्पादन गर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक गोविन्द पहाडिले हरेक वडामा आईपर्ने समस्यालाई समाधान गर्न तथा छिटो न्याय सम्पादन गर्ने कार्यमा यस तालिमले सहयोग पु¥याउने बताउनु भयो ।
मेलमिलाप कर्ताहरुको माध्यमवाट वडा अध्यक्षहरुको सहजिकरणमा वडामा आईपर्ने समस्याहरुलाई वडा तहमै सम्बोधन गरि नागरिकलाई सान्ति, मेलमिलाप र अमयनचयनको वाताबरण सृजना गरिनु पर्नेमा उहाँले जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका योजना व्यवस्थापक देवि प्रसाद तिमल्सीनाले वडामा आईपर्ने समस्याहरुलाई कानुनको राम्रो ज्ञान हासिल गरि आफ्नो अधिकार क्षेत्र भित्र रहि सहिरुपमा मेलमिलापको बातावरण सृजर्ना गर्न आग्रह गर्नु भयो ।
फलेवास नगरपालिका ५ खानीगाउँ स्थित मोति पुस्तकालयमा विहिवार देखि संचालित तालिममा नगरपालिका भित्रका ११ वटै वडाका वडा अध्यक्ष सहति ४० जना को सहभागिता रहेको छ । तालिम यहि चैत ३० गते सम्म संचालन हुने नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनु भयो ।
फलेवास नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितीका संयोजक मञ्जु अधिकरीको अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रमको संचालन नगरपालिकाका कर्मचारि रमेश पौडेलले गर्नु भएको थियो ।