पर्वत– जीप दुर्घटनामा परि ज्यान गुमाएका महाशिला गाउँपालिका ३ निवासी नेकपाका अगुवा नेता कृष्ण गोपाल गुरुङको असामयिक निधनको १३ औं दिनको पुन्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
गुरुङ्गकै निवास बालाकोटमा भएको श्रद्धाञ्जली सभामा बक्ताहरुले सामाजिक, शैक्षिक क्षेत्रमा उहाँले पु¥याएको योगदानको चर्चा गरिएको थियो । गुरुङ समुदायमा रहेर पनि समग्र समाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानलाई पार्टीले सँधै स्मरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मोती प्रसाद पौडेल, नेकपा पर्वतका कार्यालय सदस्य तथा फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा, नेकपा पर्वतका नेता तथा महाशिला गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेल, नेकपा महाशीलाका संयोजक बिष्णुराम बिक, जीवन उचै, इश्वरी प्रसाद भुसाल, क्रान्तिकारी पत्रकार संगठन नेपालका सचीव बैकुण्ठ गिरी लगायतले श्रद्धाञ्जली मन्तव्य गर्नुभएको थियो । कार्यक्रमको आयोजना बालाकोट वडा कमिटिले गरेको थियो । दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु र चार जना घाईते भएका थिए ।






