पर्वत– पर्वतबाट सरुवा भएर कास्की जान लागेका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई उद्योग बाणिज्य संघ पर्वतले बिदाई गरेको छ ।
संघले बिहीवार विहान एक कार्यक्रमको आयोजना गरि डकाललाई विदाई गरेको हो । तेह्र महिना लामो समय पर्वतका कार्यरत रहँदा जिल्लाको व्यापार व्यावसायको क्षेत्रका साथै समग्र जिल्लाको विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपि अधिकारीले प्रजिअ ढकाललाई फुलमाला र प्रसंसा पत्र प्रदान गर्दै जिल्लामा रहुन्जेल ब्यावसायमैत्री वातावरण बनाउन खेल्नुभएको भूमिकाको प्रसंसा गर्नुभएको थियो ।
कार्यक्रममा सरुवा भएर जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी ढकालले पर्वत जिल्लाको बसाई फलदायी भएको बताउँदै जिल्लाको समग्र विकासका लागि प्रशासकको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले आफु पर्वत आएदेखि जाने बेला सम्म पनि हरेक क्षेत्रलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यताका साथ काम गरेको बताउँदै आफ्नो कार्यालयदेखि सामान्य उपभोक्ता समितिसम्म निगरानी राखेको स्मरण गर्नुभयो । उहाँले आफ्नो कार्यकालभरि सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिनुभयो ।
कार्यवाहक अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब गणेश लामिछानेले गर्नुभएको थियो ।
पञ्चासे एफ.एम मा पनि बिदाई

यसैबीच प्रजिअ ढकाललाई पञ्चासे एफ.एम प्रालिले पनि एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । पर्वतमा प्रमुख जिल्ला भएर आएदेखि विभिन्न रचनात्मक काम गरेर समग्र पर्वतको उन्नतीका लागि टेवा पु¥याएकोमा उहाँलाई सम्मान सहित विदाई गरिएको हो । एफ.एमको स्टुडियोमा आयोजित कार्यक्रममा स्टेशन म्यानेजर लक्ष्मण सापकोटाले खाँदा माला र टिका लगाएर विदाई गर्नुभएको हो ।






