निलम्बित सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय - News site from Nepal
निलम्बित सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय

धनगढी– टीकापुर हत्याकाण्डका अभियुक्त तथा निलम्बित सांसद रेशमलाल चौधरीले जन्मकैदको सजाय पाएका छन् ।
कैलाली जिल्ला अदालतले टीकापुर हत्यकाण्डको मुद्दामा फैसला सुनाउँदै चौधरीलाई जन्मकैदको सजाय हुने ठहर गरेको हो ।
जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय हुने ठहर गरेको हो ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशले रेशम चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृज मोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सिताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।
जन्मकैदको फैसला सुनाइएकामध्ये श्रवण चौधरी नावालक रहेकाले उनलाई १० वर्ष कैद सजाय हुने अदालतले ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!