प्रधानमन्त्री ओली डाक्टरको अब्जरभेशनमा, स्वास्थ्य सामान्य - News site from Nepal
प्रधानमन्त्री ओली डाक्टरको अब्जरभेशनमा, स्वास्थ्य सामान्य

काठमाडौँ, . : प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ । प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्राध्यापक डा अरुण सायमीको संयोजकत्वमा भइरहेको र उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराइरहनुभएको र त्यस क्रममा थप केही परीक्षण गर्न उपयुक्त देखिएकाले अब्जरभेशनमा राखिएको पनि सेन्टरले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!