कुश्मा । पर्वतमा भिरवाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी ६० बर्षिय सेतीमाया चापागाईको घर नजिकैको भिरमा घाँस काट्न गएको बेला लडेर शनिवार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाँस काट्न घर नजिकको भिरमा गएकी सेतीमाया रातीसम्म पनि घर नआएपछि खोज्न जाँदा परिवारले भिरवाट लडेर गम्भिर घाईते अवस्थामा फेला पारेका थिए ।
गम्भीर घाईते भएकी सेतीमायाको उपचारका क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।






