कुश्माका जनप्रतिनिधिलाई लैंगिक तथा समावेशी विषयमा अभिमुखिकरण - News site from Nepal
कुश्माका जनप्रतिनिधिलाई लैंगिक तथा समावेशी विषयमा अभिमुखिकरण

पर्वत- राज्यका सबै तहका सरकार र निकायमा लैङ्गिक तथा समाबेशीको संख्या कसरी बढाउन सकिन्छ भन्ने बारेमा सरोकारवालाहरुले अन्तरक्रिया र छलफल गरेका थिए ।
तालिमको उद्घाटन गर्नु हँुदै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले संविधान र कानुनले ३३ प्रतिशत समाबेशीकरणको लक्ष्य लिएपनि राज्यको प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने समाबेशी समूहको सहभागिता न्यून रहनु दुखद भएको बताउनुभयो । प्रतिनिधीसभा र राष्ट्रिय सभामै समानुपातिक निर्वाचन प्रणाली मार्फत समाबेशीताको क्षतीपूर्ती गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै लामिछानेले अवको निर्वाचनहरुमा समाबेशीतालाई बढि ध्यान दिन दलहरुलाई आग्रह गर्नुभयो ।
अधिकाँश जिल्लामा मुख्य पदहरुमा महिलाहरुलाई उम्मेदवार बन्नबाट रोकेर उप मात्रै पद दिइएको बताउँदै लामिछानेले यसलाई महिलाहरुलाई पुरुषको आँखाबाट हेर्ने सोच परिवर्तन हुनुपर्ने बताउनुभयो । जनप्रतिनिधीहरुलाई लैङ्गिकता तथा समावेशितासम्बन्धी विषयहरूमा साझा बुझाइ तयार गर्ने र समाबेशितालाई आगामी हुने निर्वाचनमा थप सुधार गर्ने विषयमा छलफल भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ऐनमा उल्लेख भएका कुराहरुलाई व्यवाहारमा उतार्नु चुनौतीको विषय भएको बताउँदै समानताका लागि सवैको सहकार्य आवश्यक हुनुपर्ने बताउनुभयो ।
तालिमको बारेमा निर्वाचन आयोगका सहसचिव गिरिजा शर्मा र चन्द्रबहादुर शिवाकोटीले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण गिरिजा शर्मा, चन्द्रबहादुर शिवाकोटी, नम्रता चुडाल, लक्षु शर्मा लगायतले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!