काठमाडौं– सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीका अनुसार प्रधानमन्त्री ओलीलाई विहीबार अस्पतालले डिस्चार्ज गरेको हो ।प्रधानमन्त्री ओलीको विहीबार नै सातौं पटकको प्लाज्मा फेरेसिस गरिएको हो ।
जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीले भने, ‘प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस सकिएसँगै शुक्रवार उहाँ स्वदेश फर्कनु हुनेछ।’यसअघि सातौं पटकको प्लाज्मा फेरेसिस बुधबार गर्ने भनिए पनि प्रधानमन्त्री ओलीका टाउको दुखेपछि प्लाज्मा फेरेसिस हुन सकेको थिएन ।शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्न आवश्यक भएको चिकित्सकले बताएका थिए ।सातौंपटक प्लाज्मा फेरेसिसस रिपोर्ट आएसँगै शरीरमा एन्टिबडीको अवस्था जानकारी हुने प्रधानमन्त्रीका निजी चिकित्सकले बताउँदै आएका छन् ।