मन्त्री अर्याल भन्छिन् ‘गुठी बिद्येयकले निजी गुठीलाई छोएकै थिएन’ - News site from Nepal

पर्वत– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले गुठी विधेयकले निजी गुठीलाई नछोएको तर जनताका बिचमा गलत ढंगले भ्रम फैलाउने काम भएको बताउनुभएको छ ।
जिल्ला नापी कार्यालय पर्वतको उद्घाटन गर्दै मन्त्री अर्यालले गुठी बिद्येयक अन्य गुठीलाई प्राधिकरण मातहत ल्याएर ब्यबस्थापन गर्ने उद्देश्य भएपनि निजी गुठीका हकमा कुनै प्राबधान नै नभएको स्पष्ट पार्नुभयो ।
‘गुठी बिद्येयकले निजी गुठीलाई छोएकै थिए’ उहाँले भन्नुभयो ‘गुठीका नाममा ब्रह्मलुट मच्चाएका सन्त महन्तहरुले सोझा सर्वधारणका बिचमा भ्रम सृजना गरे ।’ गुठी बिद्येयकका बारेमा राम्रो संग जनताले बुझ्ने अवसर नपाएको तर गुठीका नाममा जम्मा हुने भेटीबाट पेट भर्ने स्वार्थी समुहले सोझा जनतालाई आन्दोलनमा उतारेको आरोप उहाँको थियो । बिद्येयकका बिरुद्ध जनतालाई उतार्ने काम भएपछि जन भावनालाई कदर गरेर नै सरकारले बिद्येयक फिर्ता गरेको उहाँको भनाई थियो । ‘मठ मन्दिरमा पर्ने दान,पैसो र गरगहना केही व्यक्तिले नै लिने गरेका छन’ उहाँले भन्नुभयो ‘ब्यक्ति मोटाउन नपाउने र कोषमा दर्ता गर्नुपर्ने प्रावधान राखिएपछि उनीहरुले नै भ्रम फैलाउने काम गरे’
गुठी संस्थान ठेकेदारका रुपमा स्थापित हुँदै गएकाले मठ मन्दिर र धार्मिक क्षेत्रलाई अझै व्यवस्थित बनाउन नै प्राधिकरणको अबधारणा आएको बताउनुभयो । मन्त्री अर्यालले गुठी विधेयकमा मठ मन्दिर, तथा धार्मिक क्षेत्रमा हुने घोटाला नियन्त्रण गर्ने बताउनुभयो । उहाँले देश भरका गुठीहरुलाई छाता बनाएर राख्ने र व्यवस्थित गर्ने तयारी थालेकाले बुझेर मात्र बिरोध गर्न आग्रह गर्नुभयो ।
मन्त्री अर्यालले भूमिको समुचित व्यवस्थापन नभए सम्म देशले सम्बृद्धि हासिल गर्न नसक्ने बताउँदै भूमि सम्बन्धीका समस्याहरु पहिचान गरि ऐन बनाई अझै व्यवस्थित गराउने तयारी थालिएको बताउनुभएको छ । उहाँले भूमि व्यवस्थासम्बन्धी व्यापक समस्या रहेको बताउँदै ती समस्या हल गर्न खोज्दा बिरोध आएको बताउनुभयो । ‘हिजोदेखि जकडिएको समस्यालाई समाधान गर्न खोज्दा माईतीघरमा जुलुस निस्किन्छ’ उहाँले भन्नुभयो ‘हामी अब भूमि व्यवस्थापन सम्बन्धी समस्याहरू हल गर्ने चरणमा छौं ।’
मालपोत र नापी कार्यालयमा हुने ढिलासुस्ती र अनियमिमता रोक्नका लागि सरकारले उच्च प्रबिधीको प्रयोगलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । ‘सेवा प्रवाहमा फरकपन आउने गरि प्रबिधीको उच्चतम प्रयोग भैरहेको छ’ उहाँले भन्नुभयो ‘सुशासन प्रर्बद्धन गर्नु पहिलो सर्त भएकाले सेवाग्राही मैत्री प्रबिधी प्रयोगमा जोड दिइएको छ ।’
नापी बिभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर बिश्वकर्मा पौडेल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे ढकाल, नापी प्रमुख निशा अधिकारी लगायतले बोल्नुभएको थियो ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी पर्वतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्दा चारैतिरबाट प्रहार भएको बताउँदै जनतालाई नोक्सानी नै हुने गरि रौं बराबरको पनि गलत काम नगरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो–,‘हामीले जानेर गलत काम केहीपनि गरेका छैनौं ।’ कार्यकर्ताहरुले सरकारले गरेका राम्रा कामको प्रचार गर्न र बिरोधीको प्रहारका बिरुद्ध एकजुट हुन नसके पार्टी र नेता तथा कार्यकर्ताको भबिश्य नै समाप्त हुने तर्फ सचेत हुन आग्रह गर्नुभयो । पार्टीको एकिकरणमा केही समय ढिला हुँदा सबैलाई जिम्बेवारी नपुगेको भएपनि पार्टी बलियो हुँदा मात्रै सबैले भबिश्यमा जिम्बेवारी पाउने अबस्था आउँछ भन्नुभयो । ‘अहिले पार्टी र सरकारका बिरुद्ध प्रहार हुँदा चुप लागेर बस्नुस’ उहाँले भन्नुभयो ‘पुर्बी युरोपमा जस्तै पार्टी समाप्त भएपछि कसैको पनि भबिश्य सुरक्षित हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!