पर्वतमा विप्लबका कार्यकर्ता अदालतवाट रिहा भएलगत्तै नेकपामा प्रवेश - News site from Nepal

पर्वत – विप्लब समुहमा सक्रिय एक कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ८ कुईनेमंगले निवासी नवराज विक मंगलवार पर्वत सदरमुकाम कुश्मामा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गरेका हुन् । उनलाई नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले टिका र खाँदा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
विप्लब समुहको राजनीतिक विचारवाट प्रभावित भएर उक्त समुहमा लागेका बेला उहाँलाई प्रहरीले पक्राउ गरेको थियो । विगत तीन महिनादेखि म्याग्दी र पर्वतमा हिरासतमा रहेका विक जिल्ला अदालत पर्वतवाट मंगलवार रु ५ हजार रुपैया धरौटिमा रिहा हुनुभएको हो । अदालतवाट रिहा हुने वित्तिकै उहाँ नेकपामा प्रवेश गर्नुभएको छ । सो अवसरमा विकले अब नेपाल कम्युनिष्ट पार्टीमा रहेर सक्रिय राजनीतिमा लाग्ने बताउनुभयो ।


विकलाई पार्टी प्रवेश गराउँदै नेकपाका युवा नेता तथा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले मुलुकको समृद्धि र विकास नेकपावाटै सम्भव भएको बताउनुभयो । उहाँले ओली नेतृत्वको सरकार बनेको दुई वर्षमै मुलुकले धेरै फड्को मारिसकेको बताउँदै बाँकी तीन वर्षमा नेपाली जनताले कल्पना गरेभन्दा पनि बढि विकासका काम हुने दावी गर्नुभयो । उहाँले विकजस्ता वाटो विराएका कार्यकर्ताहरु विस्तारै मुल घर खोज्दै आउन थालेको बताउँदै नेकपानै मुलुकको भरोसायोग्य पार्टी भएकाले सवैलाई गोलन्ध हुन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपाका जिल्ला कार्यालय सदस्य गोविन्द पहाडी, सचिबालय सदस्य विमल लामिछाने, शिवलाल सार्की लगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा म्याग्दीका सदस्य चन्द्रमान छन्त्याल नवप्रवेशी विकलाई जिल्ला कमिटिले उचित जिम्मेवारी दिने भन्दै स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!