पर्वतको महाशीलाद्धारा पिडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग वितरण   - News site from Nepal

पर्वत–पर्वतको महाशीला गाउँपालिकाले विभिन्न घटनामा परी पिडित बनेका परिवारलाई राहत वितरण गरेको छ ।
केहि दिन अघि बस्ती माथिबाट आएको पहिरोले का कारण गोठ भत्किएर पीडित भएका वडा नं. ५ लुंखुदेउराली स्थित घडेरीडाँडाका दिल्लीप्रसाद अधिकारीलाई रु पाँच हजार राहत प्रदान गरिएको छ । उनका दुईवटा भैसी मर्नुका साथै गोठ पुर्ण रुपमा क्षति भएको थियो । उहाँलाई नयाँ गोठ निर्माणका लागि जस्ता पाता पनि सहयोग गरिने भएको छ ।
त्यसैगरी पक्षघातबाट पीडित महाशिला बिकास स्वयंसेवक रामजी हमाललाई उपचारका लागि रु १५ हजार रुपैया राहत सहयोग गरिएको छ । तत्कालका लागि थोरै भएपनि राहत मिलोस भनेर उक्त रकम सहयोग गरेको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।
उक्त रकम उच्चैले पिडितको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!