प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ-सरकार ४-५ दिनमै ढल्छ - News site from Nepal
प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ-सरकार ४-५ दिनमै ढल्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई व्य‌ग्यात्मक जवाफ दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा कुराकानी आफ्नो कार्यकाल चार-पाँच दिन मात्रै बाँकी रहेको बताएको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।
पत्रिकाले लिएको अन्तर्वार्ताका क्रममा ओलीलाई सोधिएको दिल्ली यात्रामा हुँदा पार्टी एकताको पाँच बुँदे सहमतिपत्र सार्वजनिक भएको छ नि ? भन्ने प्रश्नको जवाफ दिँदै ओलिले भने, ‘त्यो पत्र कहिले गोप्य थियो र? पत्र उहिले नै सार्वजनिक भएको हो। यो विषयलाई अहिले उछालेका छन्। के भनौ र ? अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो ।’
त्यही सम्झौताको विषय जोडिएको प्रश्न तपाईंको कार्यकाल आगामी एक वर्ष मात्र देखिन्छ नि? भनेर सोध्दा उनले हाँस्दै भने, ‘ एक वर्ष हैन। चार-पाँच दिन मात्रै बाँकी छ। अब म के भनौं ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!