रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने - News site from Nepal
रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने

पोखरा : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया अब चार दिनमै सकिने भएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीकै चाहना अनुसार परिवारका सदस्यले अब चार दिनमै किरिया सक्ने निर्णय लिएका हुन्। 
शुक्रबार पोखरामा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री अधिकारीका पारिवारिक सदस्य समेत रहेका नेकपाका नेता धनराज आचार्यले उनको चाहना अनुसार नै काजकिरिया हुने जानकारी दिए। 
‘उहाँले परम्परालाई सुधार गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो’, आचार्यले भने, ‘किरियाकर्म सात दिन हनुपर्छ भन्ने अभियानमै हुनुहुन्थ्यो सोही अनुसार अब उहाँको काजकिरिया चार दिनेमै सकिने छ।’
अधिकारीको निधन भएको तीन दिन बितिसकेको छ। २१ गते उनको किरियाकर्म सकिने छ। अहिले पोखरामा अधिकारीको शवयात्रा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!