हेलिकोप्टर दुर्घटना : ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार शुरु - News site from Nepal
हेलिकोप्टर दुर्घटना : ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार शुरु

काठमाडौं– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ईन्जिनियर ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका उपसचिव तथा प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको भने गृहजिल्ला कास्कीमा दाहसंस्कार गरिनेछ ।
त्यस्तै अर्का पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव परिवारलाई बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!