नेकपा स्थायी समितिमा पदाधिकारीले भोलि बोल्ने - News site from Nepal
नेकपा स्थायी समितिमा पदाधिकारीले भोलि बोल्ने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकको पाँचौ दिन आज धारणा राख्ने सदस्यहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियामा नेतृत्वबाट कमजोरी भएको बताएका छन् ।

पाँचौ दिनको बैठकमा धारणा राख्ने ६ जना मध्ये अधिकांश सदस्यले पार्टी र सरकार सञ्चालनमा धेरै कमजोरी भएपनि छलफल गरी सच्याएर अघि बढ्न नेतृत्वको ध्यानाकर्षण गराए । विधि र प्रक्रियाबाट अघि बढे, कमजोरी कम हुने र सही दिशामा अघि बढ्न सकिने भएकाले सोही अनुरुप पार्टी नेतृत्वले पहल थाल्नुपर्ने उनीहरुको भनाई छ । आजको बैठकमा नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, सुबास नेङवाङ, गोकर्ण बिष्ट, मणी थापा, अमिक शेरचन लगायतका ७ सदस्यले धारणा राखेका थिए । भोलि बिहान ८ बजे बस्ने बैठकमा बिष्णु पौडेल, रामबहादुर थापा, बामदेब गौतम, माधब कुमार नेपाल र झलनाथ खनालले आफ्नो धारणा राख्नु हुनेछ ।

स्थायी समिती सदस्य योगेश भट्टराईका अनुसार भोलिकै बैठकमा अध्यक्षद्धयले जवाफ दिने संभावना न्युन रहेको छ । बैठकमा अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिबेदनमाथी थप छलफल आबश्यक रहेकाले बैठक केही दिन लम्बिने उहाँको भनाई छ । पाँचौ दिन सम्म ४५ सदस्यीय स्थायी समिती मध्ये ४० जनाले धारणा राखिसकेका छन् । पदाधिकारीको धारणापछि मात्र अध्यक्षद्धयले जवाफ दिनुहुनेछ ।

http://bit.ly/2EDpOhx

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!