विदेशवाट फर्केकालाई आन्तरिक रोजगारी सिर्जना गर्न अभिप्रेरित गर्दै कुश्मा नगरपालिका  - News site from Nepal
पर्वत– बैदेशिक रोजगारीवाट फर्किएका ब्यक्तिहरुलाई आन्तरिक रोजगारी सिर्जन ागर्नका लागि उद्यमशिलता  प्रवद्र्धन  तथा अभिमूखिकरण कार्यक्रम संचालन गरिएको छ ।
कुश्मा नगरपालिकाद्धारा आयोजित दुई दिने कार्यक्रममा लामो समय बैदेशिक रोजगार गरेर फर्किएका युवाहरुको सहभागिता रहेको छ । विदेशमा सिकेको सीप, अनुभब र आर्जन गरेको पुँजीलाई स्वदेशमा लगानी गरि आन्तरिक रोजगारी सिर्जना गर्नका लागि उनिहरुलाई अभिमूखिकरण गर्न लागिएको सुरक्षीत आप्रवासन कार्यक्रमका सामीका जिल्ला संयोजक कुलचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिहरुलाई बैदेशिक रोजगारका अवसर, चुनौती, नीतिगत व्यवस्था लगायतका विषयका साथै फर्किएकाहरुलाई नेपालमा नयाँ लगानीका अवसर, चुनौती, सम्भावना र राज्य तथा स्थानीय तहबाट प्राप्त हुने सेवा सुविधाका बारेमा जानककारी गराईने कुश्मा नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख  रामचन्द्र जोशीले नेपालमा अझैपनि बेरोजगारीको समस्या धेरै रहेको बताउनुभयो । स्थानीय सरकारहरुले पनि पर्याप्त मात्रामा रोजगारी दिन नसकिरहेको तथा बैदेशिक रोजगारमा जाने र फर्कनेहरुलाई उचित अवसरहरु दिन नसकेको अवस्थमा सामी कार्यक्रमले केहि राहत महसुस भएको बताउनुभयो । उहाँले विदेशमा आर्जन गरेको सिप, अनुभव र पुँजीलाई स्वदेशमै लगानी गर्न आग्रह गर्दै त्यस्ता व्यक्तिहरुलाई नगरपालिकाले आवश्यक प्रोत्साहन गर्ने नीति ल्याएको बताउनुभयो । उहाँले स्वदेशमै पनि थुप्रै सम्भावना रहेको बताउँदै निरन्तर गर्ने जनशक्तिको अभाव र दिर्घकालीन योजनाको कमी रहेको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले सुरक्षीत बैदेशिक रोजगार सम्वन्धि प्रावधान तथा स्थानीय तहहरुले गर्नुपर्ने नीतिगत व्यवस्थाहरुका बारेमा आफ्‌नो प्रस्तुतीकरण राख्नुभएको छ ।
दुईदिने कार्यक्रममा कुश्मा नगरपालिकाका १४ वटै वडाबाट दुई दुई जना बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सहभागिता रहेको छ । भने विभिन्न विषय विज्ञहरुले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!