पर्वतको कुश्माबजारवाट नगद सहित ६ जना जुवाडे पक्राउ - News site from Nepal
पर्वतको कुश्माबजारवाट नगद सहित ६ जना जुवाडे पक्राउ

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ६ शिवालयचोकवाट ६ जना जुवाडे पक्राउ परेका छन् ।
सोमवार दिउँसोको समयमा मोटो रकम हारजीत हुनेगरी स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा जुवा खेलीरहेको सुचनाको आधारमा गएको प्रहरी टोलीले ६ जना जुवाडेलाई ७६ हजार ९ सय ६५ रुपैया नगद सहित पक्राउ गरेको हो । सँगसँगै तास पनि बरामद गरिएको छ ।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नंं. ४ का पवन गुरुङ,वडा नं. ९ का गोविन्द अधिकारी, वडा नं. ५ का कुशा गुरुङ, वडा नं. ६ कै धर्मराज गुरुङ, सोहि स्थानकी शान्ति गुरुङ र सुनकुमारी गुरुङ रहेका छन् ।
उनिहरुलाई सोमवारै जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी प्रमुख स्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari