रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर १० कुर्घामा सार्वजनीक सुनुवाई तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजनामा शुक्रबार वडाकार्यालय परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको सेवाप्रवाहलाई पारदर्शी उत्तरदायी र जवाफदेही बनाउन, नीति÷योजना तथा कार्यक्रमको कार्यान्वयान प्रकृयामा सुधार गर्न र जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार बनाई सार्वजनिक जवाफदेहिता अभिवृद्धि गर्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा सहभागिहरुले बाटोघाटो व्यवस्थापन गर्न, भौतिक संरचना निर्माणमा अगाडि बढेका योजनाहरुको नियमित अनुगमन तथा निरिक्षण गरी गुणस्तरीयतालाई मान्यता दिन, कृषकहरुको लागि अनुदनका कार्यक्रमलाई थप व्यवस्थीत र प्रभावकारी बनाउन, घरसहितको प्लाष्टिक टनेल निर्माण गर्ने कार्यक्रमलाई पुर्णता दिन, विभिन्न कारणले लामो समयदेखि रोकिएर ठप्प भएका योजनाहरुलाई फुकुवा गर्न, मिनिटेलर मर्मत तथा अन्य सिपमुलक तालिमको आयोजना गर्न, अर्थीक अभावका कारण घर बनाएर बस्न नसक्ने परिवारको लागि व्यवस्थित आवसको प्रवन्ध मिलाई दिन्, सरकारी कर्मचारीहरुले कार्यालय समयको पुर्णरुपमा पालना गर्नुहुन्, कालिगण्डकीमा रहेका विभिन्न सत्तल तथा घाटहरुको संरक्षण र व्यवस्थापन गर्न्, कृषकहरुको लागि जोखिम न्यनिकरण, इच्छाशक्ति तथा मनोवल बढाउनको लागि कृषि विमा अभियान सञ्चालन गर्न्, उत्पादन र आयआर्जनसंग जेडिने खालका कार्यक्रम सञ्चालन गर्न र कुर्घाका दुग्ध–व्यसायीहरुलाई भरपर्दो तवरबाट वजार व्यवस्थापनको लागि सहजिकरण गरिदिनुहुन आग्रह गरेका थिए । उक्त कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको बारेमा सम्बन्धित कार्यालय तथा शाखाका प्रमुख एवम प्रतिनिधिहरुले स्पष्ट जवाफ दिनुभएको थियो । कार्यक्रमा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, उप–प्रमुख शोभा कुमारी क्षेत्री, प्रमुख प्रशाशकिय अधिकृत जीवन ज्ञवाली, आर्थीक समिति संयोजक मन ब. कुँवर, शिक्षा समिति संयोजक नारायाण प्रसाद लामिछाने, वडा नम्बर ११ पाङराङका वडाध्यक्ष रुद्र ब. पाठक, कार्यपालिका सदस्य, वडा सदस्य लगायत अन्य जनप्रतिनिधी, नगरपालिका तथा विभिन्न वडाका कर्मचारी, विभिन्न संघ संस्थका प्रमुख तथा प्रतिनिधी, विद्यालयका प्रधानाध्यापक, महिला स्वयम सेवीका, टोल विकास संस्थका प्रमुख तथा प्रतिनिधी, व्यवसायि तथा उद्यमी लगायतको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा वडा नम्बर १० का वडा सचिव देवराज पौडेलले वडाको तर्फबाट चालु आर्थीक वर्षमा वडाबाट भएगरेका गतिविधिहरु समावेस गरी तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने नगरपालिकाको तर्फबाट योजना अधिकृत प्रकाश लमसालले पालिकाका विभिन्न योजना तथा गतिविधिहरु समावेस गरी तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वडा नम्बर १० कुर्घाका वडाध्यक्ष अमर बहादुर क्षेत्रिको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन रेडियो पर्वतका स्टेशन म्यानेजर रामचन्द्र भुसालले गर्नुभएको थियो ।






