पर्वतको ठुलीपोखरीमा अनौठो सर्प, गाउँले त्रसित - News site from Nepal
पर्वतको ठुलीपोखरीमा अनौठो सर्प, गाउँले त्रसित

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा अनौठो सर्प देखिएको छ । कालो रङ, सेता धर्का र करिव ३ मिटर लामो सर्प अहिलेसम्म नदेखिएको स्थानीयको भनाई छ । गतबर्ष पनि देखिएको सर्प अहिले फेरी देखिनथालेपछि स्थानीय त्रसित बनेका छन् ।

साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठुलो पूजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीइवासी त्रसित बनेको स्थानीय नरवहादुर घर्ती थापाले जानकारी दिनुभयो । गतबर्ष देखिनै बाटोको छेउछाउमा देखिने सर्प केही दिनदेखी गाउँलेको घरघरमा पुग्न थालेको छ ।

बिषालु सर्प गाउँमा भित्रिएपछि जुनसुकै बेला पनि मानिस र पशु चौपायालाई आक्रमण गर्नसक्ने खतरा बढेको भन्दैस्थानीयले चिन्ता व्यक्त गरेका छन् । यसअघि यस्तै प्रजातिको सर्प पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारी स्थित सिमखेतमा पनि भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari